उपसचिवको परीक्षामा सुशीलको डबल ह्याट्रीक

सरकारी जागिर खाने र राज्यको सेवा गर्ने धेरैको लक्ष्य हुन्छ तर सबैको लक्ष्य र उदेश्य पूरा हुँदैनन् ।

बिज्ञापन

कतिपय यस्ता उमेद्धार पनि देखिन्छन,जो दर्जनौ पटक लोकसेवा परीक्षामा भीडेर असफलता हाल लागेकाहरु छन् । ५० औं पटकसम्म लोकसेवा भीडेर नाम निकाल्नेहरु पनि पनि भेटिन्छन्,निजामतीमा ।
अनि कोही यस्ता अब्बल उमेद्धार पनि देखिन्छन्,जस्ले एकैपटक १० ठाउँमा नाम निकालेर रेकर्ड राख्नेहरु पनि यस अघि देखिएका हुन । दुई बर्ष अघिमात्र २७ वर्षे युवा रोशन सारू मगर (हुमबहादुर सारू) ले लोकसेवामा एकैपटक १० ठाउँमा नाम निकालेर सबैलाई चकित पारे । सारूले राष्ट्रिय विमा संस्थान, काठमाडौं उपत्यका विकास प्राधिकरणको चौथौ तह र पाचौँ तह, खाद्य संस्थान, निजामति सेवा नायव सुब्बा कानून, नेपाल विमा प्राधिकरण, राजश्व सुव्वा, नेपाल टेलिकम व्यवसाय प्रशासकीय अधिकृत र संघीय शाखा अधिकृतमा नाम निकालेर सबैलाई अचम्ममा पारेका थिए ।
भनिन्छ नि जहाँ इच्छा शक्ति त्यहाँ उपाय । यस्तै त्यस्तै पढाईमा अब्बल सुशील पौड्यालले एकै पटक ६ ठाउँमा नाम निकालेका छन् । यसरी उपसचिवमा नाम निकाल्ने शाखा अधिकृत हुन, छविलाल (सुशिल) पौड्याल ।

बिज्ञापन

उनले उपसचिव तहको लिखित परीक्षामा ह्याट्रीक गर्दै एकै पटक प्रशासन,राजश्व र लेखा समूहको आन्तरिक र बाह्य प्रतिष्प्रर्धामा नाम निकालेका थिए ।लोकसेवा आयोगले आइतबार सार्वजनिक गरेको विज्ञापन नम्बर १६६६४- ८०/ ८१ आन्तरिक प्रतिष्प्रर्धातर्फ नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूह,राजस्व र लेखा समूहमा दुबैतर्फ गरी ६ ठाउँमा नाम निकालेर अब्बल दह्रिएका पौडेल उपसचिव नियुक्तिका लागि सिफारिस भएका हुन । २६ उमेद्धारमध्ये इन बास्केटबल एक्सरसाइज र लिखित परीक्षाको समेत प्राप्तांकका आधारमा दोश्रो नम्बरमा प्रशासन सेवातर्फ नाम निकाल्न सफल भएका हुन ।

आयोगले आज सार्वजनिक गरेको नतिजा अनुसार १९ जनालाई उपसचिवमा नियुक्तिका लागि सिफारिस गरेको छ । जसमध्ये दोश्रो नम्बरमा उनी नियुक्तिका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दरबन्दी कटौतीमा परेका सब -इन्जिनियर आन्दोलित

करार कर्मचारी व्यवस्थापनका लागि पाँच सदस्यीय अध्ययन समिति गठन,संयोजक तोकिए ढकाल

हेलो सरकारलाई एकीकृत नागरिक गुनासो प्रणाली बनाइँदै, २४ घण्टादेखि १५ दिनभित्रै गुनासो सम्बोधन गर्ने तयारी

स्वास्थ्य क्षेत्रमा तीन ठूला संरचनागत सुधार गरिँदै, ९० हजार जनशक्ति आवश्यक

स्वास्थ्य बीमाको वक्यौता भदौभित्र भुक्तानी गरिने, सुर्तीजन्य पदार्थको कर स्वास्थ्य क्षेत्रमा खर्च हुन सकेन

आयल निगमको कार्यकारी निर्देशकमा साह

तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

बिशेष