अधिकृतको सरुवा रोक्दा सहसचिव आफैं सरुवामा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रामकुमार महतो हालैमात्र भन्सार विभागको उपमहानिर्देशकको रुपमा सरुवा भएका छन् । अनितादेवी सामान्य प्रशासन मन्त्री हुँदा सामान्यको कर्मचारी प्रशासनको हर्ताकर्ता रहेका महतोलाई सो महाशाखाबाट हुत्यायर महिनौंसम्म जिम्मेवारविहिन बनाइएको थियो ।
झण्डै दुई महिना अघि राष्ट्रपति कार्यालयमा कार्यरत शाखा अधिकृत शैलेन्द्र ढकालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुन खोजेका थिए । तर महतोले राष्ट्रपति कार्यालय गएको तीन महिना पनि नपुग्दै फेरि किन सरुवा हुनु पर्‍यो ? भन्दै रोकिदिएका थिए । ढकालले चाहिँ दुवै कार्यालयको मौखिक सहमति भैसकेकाले सरुवा गरिदिन आग्रह गरे । त्यसपछि सहसचिव महतोले कहिले सचिवज्यूलाई भन्नुस् भन्ने, कहिले लिखित सहमति ल्याउनु भन्दै हप्ता दिनजति घुमाइरहेका थिए ।

बिज्ञापन

सहसचिवले भने जति सबै गर्दासमेत सरुवा नभएपछि ढकाल कार्यकक्षमा गई किन दुःख मात्रै दिएको भनी शुरुमै झोंक्किए । ढकालले त्यसबेला ट्रेड युनियनको एउटा झोलेलाई बोकेर आउनेको सजिलै सरुवा हुने तर सीधै आग्रह गर्न आउनेलाई दुःख दिने नियत ठीक छैन भनेपछि महतोले सहसचिवसँग बोल्ने शैली यही हो ? बाहिर जानुस् भन्दै झपार्दा विवाद निस्किएको थियो ।

बिज्ञापन

यत्तिकैमा कर्मचारी संगठनका नेता प्रभास साह सहसचिवको कार्यकक्षमा प्रवेश गरे । त्यहाँ पहिले नै कर्मचारी प्रशासन शाखाका अधिकृतहरू ती दुईको वादविवाद सुनेर बसेका थिए । नेता साहले ढकालजी मेरो मान्छे हो, उहाँको सरुवा गरिदिनुस्, उहाँ पावरसेन्टरसँग पनि जोडिएको मान्छे हो, तपाईंलाई भोलि अप्ठ्यारो पर्ला भन्दै मैथिली भाषामा कुरा गरेका थिए । यत्तिकैमा सहसचिव महतो ‘म भइञ्जेल यसको कुनै हालतमा सरुवा हुँदैन’ भन्दै कुर्सीबाट उठ्न खोजेपछि ढकालले २४ घण्टाभित्र सरुवा नगरे उचित जवाफ दिने भन्दै धक्याएका प्रत्यक्षदर्शीले कर्मचारी प्रेससँग बताए ।

अधिकृत ढकाल उचित जवाफ दिने भन्दै बाहिरिएपछि नेता प्रभास शाह र सहसचिव महतो गोप्य कोठातिर लागे । भोलिपल्ट बिहानै महतोले प्रशासन शाखाका अधिकृतलाई ढकालको टिप्पणी उठाउन आदेश दिए । त्यसै दिन ढकालको भौतिक मन्त्रालयमा सरुवा भई केही घण्टामा तात्तातै रेल विभागमा पदस्थापना हुन सफल भए ।
यसरी अधिकृतको सरुवा रोकेको सहसचिव उक्त शाखा नै खोसियो । केही समय सामान्यको जगेडाबाट अर्थ हुँदै अस्तिमात्र भन्सार विभागको उपमहानिर्देशकको रुपमा सरुवा भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

हेटौंडा–काठमाडौं वैकल्पिक सडकमा जाम कम गर्न जिल्ला प्रशासनले सुरु गर्‍यो ‘वान वे’

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

बिशेष