उट्पट्याङ कुराले विवादमा मुछिए नायिका

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने गरेको ‘इट्स माइ शो’ को पछिल्लो एपिसोड विवादमा परेको छ । उक्त कार्यक्रमलाई लामो समयदेखि सुरजसिंह ठकुरीले सञ्चालन गरेका थिए । तर गत एपिसोडबाट सञ्चालकको रुपमा ओसिन सिटौला भित्रिएकी छन् । उनको पहिलो एपिसोड नै विवादमा परेको छ ।

बिज्ञापन

विवादको चुरो

बिज्ञापन

कार्यक्रममा पूर्व सञ्चालक सुरज सिंहले अतिथिसँग कुनै ‘भल्गर’ प्रश्न गर्दैनथे । अतिथिको रूपमा नेता, कलाकार, समाजसेवी, वैज्ञानिक वा जो भए पनि उनले सम्बन्धित विषयमा अध्ययन गरेर कार्यक्रम चलाउँथे । उनले प्रश्न गर्दा दर्शकलाई पर्नसक्ने सकारात्मक र नकारात्मक प्रभावको सुक्ष्म ध्यान दिएको देखिन्थ्यो ।

तर नयाँ एपिसोडमा निकै कमजोर र फितलोपन देखियो । कार्यक्रम चलाउने शैली ठीक भएपनि उनले सोधेका प्रश्नहरु ओजिलो देखिँदैनथ्यो । कार्यक्रमको बीचमा अतिथि अभिनेत्री स्वस्तिमा खड्कालाई सोधिन्, ‘सेक्स कि फूड ?’

बिज्ञापन

स्वस्तिमा हाँस्दै भन्छिन्, ‘फूटवाला ह्याभिङ सेक्स !’ ओसिनले फेरि सोध्छिन्, ‘कहिल्यै ट्राइ गर्नुभएको छ ?’ स्वस्तिमा विवाहित भएकाले निसंकोच जवाफ दिइन्, ‘अहिलेसम्म ट्राइ गरेको छैनौं, तर गर्न सक्छौं ।’

ओसिनले कार्यक्रमकी अर्की अतिथि साम्राज्ञीराज्य लक्ष्मी शाहलाई पनि यस्तै प्रश्न गरिन् । साम्राज्ञी २८ वर्ष उमेर पुगेको खुलाउँदै जवाफ दिन्छिन्, ‘मलाई पनि सेक्स र फूड दुबै मनपर्छ ।’

५६ मिनेटको कार्यक्रम अवधिभर विषयगत कुराकानी भन्दा पनि नीजि कुराहरु मात्र सोधियो । उनको प्रश्न र अतिथिहरुको जवाफसँग अर्की अभिनेत्री जसिता गुरुङले आपत्ती जनाइन् । ओसिनले कार्यक्रमको बीचमा सोधिन्, ‘त्यो को हो जसले पहिले धिरज मगरलाई डेट गरिन् र अहिले अनमोल केसीसँग डेट गरिरहेकी छन् ?’

यत्तिकैमा स्वस्तिमाले भन्छिन्, ‘जसिता गुरुङ ।’ साम्राज्ञीले झन् थप्छिन्, ‘पहिले प्रदिप, अनि धिरज र अनमोल ।’ त्यसो त, कलाकारको प्रेम सम्बन्ध उनीहरुको निजी मामला हो । कसैले देखाउँछन्, कसैले देखाउँदैनन् । तर यसरी राष्ट्रिय टेलिभिजनको कार्यक्रममै आफ्ना प्रेमीहरुको नाम लिएर मजाक गरेपछि जसिताले आपत्ती जनाएकी हुन् । उनले इस्टाग्राममा लामो स्टाटस लेख्दै अरुको ‘प्राइभेसी’ लाई किन ख्याल नगरेको ? भन्ने आशयको प्रश्न गरेकी छन् ।

‘तपाईं सोच्नुहुन्न, मेरो परिवारले तपाईको अन्तर्वार्ता र समाचार हेरिरहेका छन् ? आफै महिला भएर समाजमा कस्तो उदाहरण दिन खोज्नु भएको ?’, उनले प्रश्न गरेकी छन्, ‘कसैको व्यक्तिगत जीवनबारे सार्वजनिक रुपमा बोलेर बदनाम गर्न खोज्नुको कारण के हो ?’

जसिताको स्टाटसमा धेरैले समर्थन जनाउँदै ओसिनलाई गाली गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष