न्यायाधीश निरौला र थपलियालाई बर्खास्त गर्न परिषद्को सिफारिस

न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

बिज्ञापन

परिषदको आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।परिषद् बैठकले दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा पत्र पठाएको छ। बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाई बर्खास्तका लागि पत्र पठाएको हो।थपलिया उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत थिए। उनलाई त्यहाँबाट कारबाहीका लागि न्याय परिषद्‍मा तानिएको थियो।

बिज्ञापन

प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेकाे बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

काठमाडौँ जिल्ला अदालतमा रहँदा अपहरण तथा फिरौती लिने कार्यमा संलग्न नेपाली नागरिकलाई भारतीय नागरिक भनी सफाइ दिएको न्यायाधीश निरौलामाथि आरोप थियो।

बिज्ञापन

त्यसैगरी उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा कार्यरत रहँदा न्यायाधीश थपलियाको सम्बन्धमा गम्भीर उजुरी परेपछि उजुरीमाथिको प्रारम्भिक छानबिनले विस्तृत छानबिनका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अभिलेखमै नभएको विद्यालयका नाममा ७ लाख ६० हजार झ्वाम,इञ्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

कुलिङ पिरियडको चलखेलमा मुछिएका सचिवको प्रतिक्रिया :’मैले हिजैदेखि जिम्मेवारी छाँडिसकें’

वैरोको क्रान्तिकारी सुधार : श्रमिकको सेवा घरदैलोमै, दुई मिनेटमै श्रमस्वीकृति

भ्रष्टाचार भगाउने बौद्धिक बल

मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

के संघीय निजामती सेवा ऐन प्रगतिशील छ ?

संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता

बिशेष