कर्मचारी सरुवा:- पति–पत्नीलाई अनुकूल मिलाइने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलगायतका निकायले जथाभावी रूपमा कर्मचारी सरुवा गर्न थालेपछि सरकारले त्यसमा कडाइ गरेको छ।

बिज्ञापन

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्ट मापदण्ड नबनाउँदासम्म सबै खाले सरुवामा रोक लगाएको छ। केही दिनअघि तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले सरुवा मापदण्ड नवाउँदासम्म सबैखाले सरुवामा रोक लगाउने निर्णय गरेको हो ।

बिज्ञापन

आर्थिक वर्ष २०७९\८० मा मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित १ हजार ९५४ जना र राजपत्रअनंकित तथा श्रेणीविहीन १ हजार ३४७ जना कर्मचारीको सरुवा गर्दा अधिकांश सरुवा नियमविपरीत गरेको पाइएको छ।

उपत्यका र सुगम ठाउँबाट अन्यत्र सरुवा हुन निवेदन दिनेलाई प्राथमिकता दिइने मापदण्डमा भनिएको छ । मस्यौदाअनुसार मापदण्ड बनेमा श्रीमान्-श्रीमतीलाई सम्भव भएसम्म अनुकूल निकायमा सरुवा गरिनेछ ।

बिज्ञापन

कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, हलुका सवारी चालक र कार्यालय सहयोगीको सरुवा सामान्यतः नगर्ने भनिएको छ । सरुवा गर्नुपरेको खण्डमा रिक्त भए‌को जानकारी पनि निवेदनसँगै अनिवार्य पेश गर्नुपर्ने उल्लेख गरिएकोछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

नेपालको निजामती सेवा ऐन ,संशोधन र सम्भावनाहरू 

नेपालको निजामती सेवा ऐन,संशोधन र सम्भावनाहरू

कर्मचारी भित्र लुकेको पिडा

बिशेष