पावरफुल अधिकृत चौधरीको आतङ्क, तीनपटक सरुवा भए पनि छापा हान्दै असुल्दै

एक जना अधिकृत तहका कर्मचारी त्रर्षमा तीन पटक सरुवामा पर्दछन्,तर सरुवा उल्टाएर पूरानै ठाउँमा बसेर व्यवसायीहरुलाई दुख र हैरानी दिने गरेको गुनासो प्रधानमन्त्री तथा मनित्रपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धन विभागदेखि प्रधानमन्त्री कार्यालयसम्म पुगेको छ । यसरी व्यवसायीलाई हैरानी खेलाउने अधिकृत हुन,प्रमोद चौधरी ।

बिज्ञापन

पछिल्लो बर्ष दिनको अवधिमा चौधरी तीन पटक सरुवामा परिसकेका छन् तर तिनैपटक सरुवा उल्टाउन सफल भएका छन् । राजस्व अनुसन्धान विभागले २१ मङ्सिर २०८० मा ५ जना निर्देशकसहित २ अधिकृतको सरुवा गरेको थियो । उक्त लटमा चौधरी पनि सरुवामा परेका थिए तर शक्तिकेन्द्र प्रयोग गरेर सरुवा उल्टाउन सफल भए । त्यस यता दुइए पटक उनको सरुवा भइसकेको छ तर हरेक पटक सरुवा उल्टाएर सोही कार्यालयमा टिकिरहन सफल भएका छन् उनी ।व्यवसायीलाई हैरानी खेलाएको गुनासो आएपछि विभागले बर्ष दिन अगाडि नै उनलाई विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको थिए ।

बिज्ञापन

पटक पटक सरुवा हुँदा समेत उही कार्यालयका टिकिरहन सफल अधिकृत चौधरीले व्यवसायीहरूलाई आतंकित बनाएको आरोप छ । भारतीय नाकाहरूबाट नेपाल प्रवेश गर्ने मालवाहक गाडीहरूलाई सेटिङमा निर्बाध तरिकाले गन्तव्यसम्म पुग्न सहजीकरण गर्ने , बिना बिल बीजकका मालवाहक सवारी साधनहरूलाई सेटिङमा छाड्ने , विभिन्न ट्रान्सपोर्ट कम्पनी, क्यारिङ गर्ने व्यवसायी तथा भन्सार छलेर लुकीछिपी मालसामान ल्याउनेहरूबाट गलत तरिकाले अतिरिक्त आम्दानी गरी छाड्ने गरेको वीरगञ्जका एक व्यवसायीले बताए । चौधरीले आफूखुशी मालवाहक गाडीलाई लाइन दिने गरेका छन् । चेकजाँच र अनुगमनका नाममा चौधरीले अतिरिक्त रकम असुली उनीहरूलाई सुनपानी छर्किने गरेका छन् ।

राजस्व अनुसन्धान कार्यालयमा चेकजांचको लागी आउने मालबाहक सवारी साधनका धनी एवम व्यवसायीक फर्म तथा ट्रान्सपोटरहरुलाई मेस खर्च वापत मासिक खर्च दिन भन्दै चौधरीले दवाव दिने गरेका व्यापारीहरुका गुनासो आएका छन् । त्यति मात्र नभई चौधरीले मालसामानमा केही कैफियत फेला परे पनि बिना कैफियत दिन आवस्यक कागजात मिलानका लागी सुझाव दिएर छुट्टै मोलमोलाई गरेर असुली गर्ने गरेका व्यापारीहरुको गुनासो छ ।

बिज्ञापन

केही समय पहिला राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाम खाली गर्ने नाममा नष्ट गर्नुपर्ने सामान रवि नेपाली र प्रमोद चौधरीले मिलेमतोमा बिक्री गरेका छन् । जफत गरेका मालवस्तुहरू, काँचो पाम आयाल, धानको बिउ एक ट्रक, सूर्ती , पान मसाला, पत्तावाला सूर्ती, तुलसी, रेडबुल जुसलगायतका मालवस्तुहरू सडेगलेको भन्दै नष्ट गर्ने नाममा धान एक ट्रक, दाना उद्योेग र अन्यसामान बिक्री गरेको बाइएको छ । सामान नष्ट गर्दा मुचुल्का अनिवार्य हुन्छ तर उक्त सामान नष्ट गर्दा मुचुल्का समेत बनाइएको छैन् ।

यस बिषयमा प्रतिक्रियाका लागि चौधरीलाई सम्पर्क गर्दा उनी सम्पर्कका आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

७ प्रतिशतले घट्यो शेयर कारोवार

९ बाणिज्य बैंकको नाफा घट्यो

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

मुख्य सचिवको अभिव्यक्तिले कर्मचारी ‘आगो’,आन्दोलनका कार्यक्रम घोषणा

बिशेष