राजाका ज्वाइँविरुद्ध ३० करोडको भ्रष्टाचार मुद्दा, मारिएको २१ वर्षपछि सफाइ

विशेष अदालतले पूर्व राजपरिवारका ज्वाइँ स्वर्गीय कुमार खड्गविक्रम शाहको नाममा आएको जनकपुरको सरकारी जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका ३१ जनालाई सफाइ दिएको छ ।

बिज्ञापन

बुधबार न्यायाधीश टेकनारायण कुँबर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सबै प्रतिवादीलाई सफाइ दिँदै उक्त जग्गा फिल्डवुक समेतमा सरकारी कायम भएको देखिएको भन्दै पुनः सरकारकै नाममा आउने फैसला सुनाएको हो ।

बिज्ञापन

‘प्रतिवादीहरको उक्त कार्यमा कुनै बदनियत रहेको नदेखिंदा सबै प्रतिवादीहरूले सफाइ पाउने,’ विशेष अदालतले तयार पारेको रायमा भनिएको छ, ‘उल्लेखित विवादको जग्गा सरकारी सार्वजनिक जग्गा रहेको फिल्डबुक समेतका मिसिल प्रमाणबाट पुष्टि हुन आएकाले जफत भई नेपाल सरकारको नाममा दर्ता कायम हुने ठहर्छ ।’

धनुषाको पिडारी चोक र रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियारले ९ भदौं २०७९ मा शाह सहित गुठी संस्थान र मालपोत कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो माग दाबी गरेको थियो । धनुषाको पिडारी चोकमा रहेको रत्नसागर मन्दिरको नामको जग्गा कुमार खड्गविक्रम शाहको नाममा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

बिशेष