गौर भन्सार कर्मचारीको बदमासी

सञ्जय मिश्रा रौतहट । रौतहट सदरमुकाम गौर भन्सार कार्यालयका कर्मचारीको बदमासीले निर्धारित समय बिहान ५ बजे बेरिएर (ढाठ) नखोल्दा सैयौं मानिसले सास्ती खेप्नु परिरहेको छ।

बिज्ञापन

भारतीय क्षेत्रको बैरगनियातर्फको बैरिअर भारतीय समय अनुसार बिहान ५ बजे खुल्ने तर गौर भन्सारको बैरिअर ६ बजे नेपाली समय अनुसार खुल्दा सीमा वारपार गर्ने मानिस तथा सवारीसाधन एक घन्टा कुर्न बाध्य हुँदै आएका छन्। एक घन्टा कुर्दा दुवैतर्फका नागरिकले सास्ती खेप्नुपरेको स्थानीय सञ्चारकर्मी रमेश सिंहले बताए।

बिज्ञापन

सैयौं नागरिकको समस्या समाधान गर्न  केही दिनअघि जिल्ला प्रशासन कार्यालय रौतहटमा बसेको दुई देशका सुरक्षा अधिकारीको बैठकमा भारतीय समय अनुसार बिहान ५ बजे दुवैतर्फको बैरिअर खोल्ने सहमति भए पनि नेपालतर्फ सहमति कार्यान्वयन हुन सकेको छैन।

सीमावर्ती भारतीय बजार बैरगनिया रहेको रेलवे स्टेसन हुँदै दैनिक बिहानै दर्जनौं मानिस सीमा वारपार गर्ने गर्छन्।

बिज्ञापन

कतिपय मानिस रेलबाट झरेर बिहानै गौरतर्फ आउने गर्दछन्। कतिपय बिहानै रक्सौल हुँदै वीरगञ्जज सम्म पुग्न रेल प्रयोग गर्छन्। तर, गौर भन्सार अगाडिको बेरिएर खुल्ला नहुँदा उनीहरूले सास्ती खेप्दै आउनु परेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

नेपालको निजामती सेवा ऐन ,संशोधन र सम्भावनाहरू 

बिशेष