त्रिशुलिमा बेपत्ता ब्यक्तिको सशस्त्र प्रहरिद्वारा सकुशल उद्दार

त्रिशुली नदिमा बेपत्ता भएका एक ब्यक्तिको सशस्त्र प्रहरिले सकुशल उद्दार गरेको छ ।

बिज्ञापन

जेठ ३१ गते बिहिबार दिउँसो चितवन जिल्ला इच्छाकामना गाउँ पालिका -४ स्थित त्रिशुली नदिमा नाम बतन नखुलेको एक ब्यक्ती बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछी सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोर सहित १० जनाको फौज परिचालन गरिएको थियो ।

बिज्ञापन

उनलाइ सांझ सवा ५ बजे नदि किनारको पहरोमा अड्किएको अबस्थामा जिबितै उद्दार गरि कुरिनटार स्थित सशस्त्र प्रहरिबलको ट्रमा सेन्टरमा ल्याइएको छ । उद्दार गरिएका ब्यक्ती सप्तरी जिल्लाको खडक गाउंपालिका -८ गर भइ हाल कुरिनटार स्थित बियर फ्याक्ट्रीमा काम गर्ने ५६ बर्षका बन्धुलाइ चौधरी रहेको खुलेको छ ।उनी माछा मार्ने क्रममा चिप्लिएर नदिमा बगेको बताइएको छ। उनको हात र खुट्टामा चोट लागेको छ ।

यसैबिच जेठ ३१ गते बिहिबार धादिङ जिल्लाको गजुरी गाउंपालिका -६ बन्छेटार स्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भारतिय नागरिक सोनालाल दासको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन सुरक्षा बेश आदमघाटबाट बिपद ब्यबस्थापन तालिम प्राप्त टोलि परिचालन गरिएको छ ।

बिज्ञापन

यस्तै पोखरा महानगरपालिका -१७ बिरौटा स्थित रातो पहिरोमा जेठ २६ गते देखि सम्पर्क बिहिन भएका धन बहादुर आलेको खोजिका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्किबाट गोताखोर सहितको फौज परिचालन गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गृहका चार सहसचिवको सरुवा,दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए

मन्त्रालयका सचिवहरूलाई लेखा समितिको एक दर्जन प्रश्न

एकै पटक २ महिला सचिवमा उक्लिए, विशिष्ट श्रेणीमा पुगे ८

तराई मधेशमा पानीको समस्या र समाधानका उपायहरू

१ सचिव,८७ उपसचिव र ८२ जना शाखा अधिकृतको सरुवा

सचिव पुष्करको चेतावनी : “बेरुजु हटाउने हो भने विकासको गति ठप्प हुन्छ”

चार सहसचिव सचिवमा बढुवा सिफारिस

५९४ कर्मचारीले नयाँ नियुक्ति पाउँदा ३५२६ को सरुवा,१२० जना बढुवा

बिशेष