युवालाई माधव नेपालको सुझाव :-जाँडरक्सी नखानुस,भ्रष्टाचारमा नडुब्नुहोस

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जाँड रक्सी खानेलाई छुट दिन नसक्ने बताएका छन् । युवाहरुलाई जाँड रक्सी नखान र समाजका विकृति विरुद्ध लाग्न सुझाव दिंदै उनले जाँडरक्सी खाने र भ्रष्टाचारमा डुब्नेलाई छुट दिन नसक्ने बताएका हुन ।

बिज्ञापन

‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपालले युवा भनेर भ्रष्टाचारमा डुब्नेहरू जाँडरक्सी, पुरै घैँटो नै समाप्त पार्ने प्रवृत्तिलाई कुनै हालतमा छुट दिन नसकिने बताएका हुन ।

बिज्ञापन

सोही कार्यक्रममा उनले अध्यादेश ल्याएर जसा पनि नेकपा एस तारो बनेको बताए । ‘कम्युनिस्ट पार्टीलाई सिध्याउन कम्युनिस्टहरु नै कसरी लागे भन्ने कुरा हामीले बुझ्नुपर्छ । एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने ? जसपापछि दोस्रो तारो हामी बनेका हौंं । यो यथार्थ बुझेनौँ भने कम्युनिस्ट पार्टीलाई कसरी सिध्याउन खोजियो भन्ने बुझिन्न ।’

‘अहिलेको अवस्थालाई विश्लेषण पार्टीलाई जोगाउन, अस्तित्व रक्षा गर्ने पहिलो कुरा हो, संगठन बलियो बनाउने कुरा दोस्रो हो। पार्टीलाई सशक्त बनाउन, नयाँ क्रान्तिकारी योद्धा र युवालाई आकर्षण गर्ने मूल काम हो। भ्रष्टाचारमा चुर्लुम्म डुब्ने,जाँडरक्सीमा पूरै घैँटो समाप्त पार्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन।’

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ईरानी नागरिकलाई नेपालमा आगमन भिसा नदिने सरकारको निर्णय

कर्णाली सरकारले गर्‍यो दुई विधेयक स्वीकृत

सरुवा–बढुवाको सूचना अब पीआईएस प्रणालीमा स्वचालित अद्यावधिक हुने

सत्तामा रास्वपा पुग्नु अगावै धमाधम खोतलिन थाल्यो पूरानो फाइल

अधिकृत र उपसचिवहरुलाई सेवाकालीन तालिमको अवसर

ठुली मैयाँ

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

बिशेष