आईटी आर्मीले असार २ गतेदेखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने

काठमाडौँ । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीले बिभिन्न माग गर्दै आउदो असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ ।

बिज्ञापन

आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहिबार) एक बिज्ञप्ती जारी गर्दै वैदेशिक रोजगार विभाग अगाडी धर्ना एवं घेराउ गर्ने जनाएका छन् । समाजिक न्याय, सुशासन सहित आम जनताको सर्वोच्चताका लागि सक्रिय आईटी आर्मी स्थापनाकालदेखि नै देश र जनताको पक्षमा आवाज उठाउँदै आएको संगठन हो ।

बिज्ञापन

‘वैदेशिक रोजगारीमा गएकाहरुको रगत र पसिनाले साटिएको रेमिटेंसले देशको अर्थतन्त्र धानीरहेको कहालिलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पिडितहरुलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे माग गरेको तर आजसम्म सो मागको सुनुवाई नभएपछि बाध्यभएर आन्दोलनमा उत्रिनु परेको छ’ साहले भने ।

आईटी आर्मीले २०८० साल जेठ २८ गते काठमाडौं उपत्यकामा खबरदारी र्याली मार्फत संघर्षको उठान गरेको थियो । २०८० साल भाद्र १३ गते प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे बिभिन्न माग गरेको सहितको ध्यानाकर्षणपत्र बुझाएको थियो ।

बिज्ञापन

‘हामीले बिभिन्न माग गरेपनि बिडम्बना सो विषम समस्याको ठोस एवं दीर्घकालिक समाधान गर्नुकोसट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेको भान हामीलाई भैरहेको छ’ साहले भने ।

आईटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेंटलाई कारवाई गर्नुपर्ने, बेरोजगार युवाहरुलाई स्वदेश÷नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्री – भिसा फ्री – टिकट व्यवहारतः लागू गर्नुपर्ने, नीजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ ।

असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने घोषणा गरेको आईटी आर्मीले जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्यविभाजन गर्ने, जेठ २७ गते, संघर्षको कार्यक्रम बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोराला नाकामा सुब्बा र अधिकृत तहका थप ९ कर्मचारी खटाइँदै

झापा र दोलखाका सिडियोले दिए राजीनामा

उत्तरगया गाउँपालिकाबाटै पाँच कर्मचारीसहित ४२६ वेपत्ता

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

बिशेष