पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न पेशागत महासंघको माग

पेशागत महासंघ नेपालले पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न माग गरेको छ ।महासंघले शुक्रवार पत्रकार सम्मेलनमार्फत पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न माग गरेको हो ।

बिज्ञापन

महासंघले विद्यालय शिक्षक ऐन, संघीय निजामती ऐन पास गर्न ध्यानाकर्षण गराएको छ । त्यस्तै, पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न पनि माग गरेको छ ।

बिज्ञापन

त्यस्तै राजनीतिक संलग्नताको आरोपमा शिक्षकहरुमाथि कारवाही भए संगठित प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले आफूलाई साथ नदिएपछि पूर्वाग्रह राखेर मन्त्री श्रेष्ठले कारवाही गर्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै विगतमा जस्तै शिक्षकहरुले मुलुक ठप्प पार्ने दिन आउनसक्ने चेतावनी दिए ।
‘जिम्मेवार पदमा बसेपछि विना विश्लेषण र अनुसन्धान पोलिटिकल स्टन्टवाजका लागि लोकरी झ्याईंकै लागि अभिव्यक्ति दिने कुरा गलत छ’ ढकालले प्रश्न गरे,‘अहिले मुलुक गणतान्त्रिक अभ्यासमा हिाडिरहेको छ ? यसमा अहिले के अबरोध सिर्जना भयो , मन्त्रीहरुकै भाग खोस्नेगरी शिक्षकहरुले कहाँ, कसरी राजनीति गरे ?’

शिक्षा मन्त्री सुमना श्रेष्ठको कारवाही गर्ने अभिव्यक्तिले शिक्षकहरुमा आतंक छाएको भन्दै महासंघले शुक्रवार पत्रकार सम्मेलनमार्फत पूर्वाग्रह राखेर शिक्षकहरुमाथि कारवाही भए देशभर संगठित प्रतिकार गर्ने चेतावनी दिएको हो ।
‘जनतालाई चेतना र जागरणको उर्जा संचार गर्ने, जनताको हक र अधिकार प्राप्तिको आन्दोलनमा बौद्धिक नेतृत्व प्रदान गर्ने शिक्षक वर्गलाई राजनीतिक संलग्नताको आरोप लगाउँदै कारवाहीको आतंक सिर्जना गर्ने माननीय सुमना श्रेष्ठको अभिव्यक्ति र व्यबहारको यो बैठक भत्र्सना गर्दछ’ महासंघको विज्ञप्तिमा भनिएको छ,‘त्यस किसिमको अभिव्यक्ति र कार्वाहीलाई संगठित रुपमा प्रतिकार गर्ने र शिक्षण पेशाप्रति अझ थप निष्ठा र ईमान्दारिताका साथ प्रस्तुत हुने । शिक्षकहरुको आत्मसम्मान कदर गर्न र मनोवल उच्च राख्न यस किसिमका गैर जिम्मेवार अभिव्यक्ति फिर्ता लिन यो बैठक शिक्षा मन्त्रीलाई आग्रह गर्दछ, साथै सबै राजनीतिक दलहरुलाई उपरोक्त विषयमा गम्भीर रहन ध्यानाकर्षणसमेत गर्दछौं ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

साढे ११ हजार अस्थायी दरबन्दी पुनरावलोकन गरिँदै

सीमा विवाद सामाधान गर्न नापी विभागका उपमहानिर्देशकको संयोजकत्वमा समिति

३० हजारको सम्पत्ति खोज्ने जिम्मेवारी ३८ कर्मचारीलाई, कमाण्डर तोकिए डाँगी

देउवा,ओली सरकारका प्रिय प्रशासक वालेन सरकारको प्रथामिकतामा

सिन्धुपाल्चोक प्रशासनमा लुट : निशुल्क उपलव्ध हुने सेवामा यसरी उठाइन्छ शुल्क

युवा सङ्घका सचिवालय सदस्य सज्जन लामा पक्राउ

“सरुवा आतंक” र कर्मचारी अधिकारमाथिको प्रश्न

सामान्य प्रशासनमा ‘रैथाने राज’ कायम : मन्त्री र सचिवले शक्तिशाली कर्मचारी छुन सकेनन्

बिशेष