तीन सचिवको सरुवा

सरकारले तीन जना सचिवको सरुवा गरेको छ । आज बसेको क्याविनेट बैठकले तीन सचिवको सरुवा गरेको हो । बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनसंख्या प्रशासन हेर्ने सचिव मधुसुदन बुर्लाकोटीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाएको छ । त्यहाँ कार्यरत रहेका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको रुपमा सरुवा गरेको छ ।

बिज्ञापन

सरकारले गत चैत्र १९ गतेमात्र उपराष्ट्रपति कार्यालयमा रहेका बुर्लाकोटीलाई स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवको जिम्मेवारी दिएको हो । उनी दुई महिनामै त्यहाँबाट सरुवा भएका हुन । पछिल्लो समय सरुवाको बिषयमा लिएर मन्त्रालयका सचिव रोशन पोखरेल र बुर्लाकोटीबीच विवाद सतहमा आइरहेको थियो । खरो र हक्की स्वभावका प्रशासकका रुपमा चिनिएका बुर्लाकोटीलाई स्वास्थ्यबाट हटाइनुको पछाडि मुख्यसचिव बैकुण्ठ अर्याल र विनोदप्रकाश सिंहबीचको विशेष सम्बन्धले पनि काम गरेको प्रशासकहरु बताउँछन् । प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव विनोदप्रकाश सिंहलाई महालेखा नियन्त्रकको कार्यालयमा र महालेखा नियन्त्रकको कार्यालयका सचिव हरि मैनालीलाई जनसंख्या सचिवमा सरुवा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ज्वाई उमेद्धार,ससुरा मतदान अधिकृत

विवादित सिडीई उल्टै पृरस्कृत : सीमित ठेकेदारलाई पोस्दै ७ प्रतिशतसम्म कमिसन लिने गरेको गम्भीर आरोप

चुनावको मुखैमा जागिर छाड्नेको लर्काे

मन्त्रीकै लहडले ठेक्का तोडिन्छ : रवि सिंह

संकटको समयमा सडकका सारथि

फेरिदैं छ काठमाडौं सडकको रुपरङ्ग

आगामी आर्थिक बर्षका लागि १९ अर्बको बजेट सिलिङ

लिबिया: राजनीतिक अशान्ति, अमेरिकी प्रभुत्व, तेल राजनीति र उत्तर–अफ्रिकी भू–राजनीतिक परिदृश्य

बिशेष