‘यसरी महानगरपालिकाको गरिमा बढ्दैन’: सडक डिभिजन काठमाडौं

सडक डिभिजन काठमाडौंले काठमाडौं महानगरपालिकाले आफ्नो कार्यालयको गेटमा फोहोर फालिदिएको घटनालाई लिएर कानुनी राज्यको उपहास गरेको भन्दै आपत्ति जनाएको छ । यस्ता कार्यले महानगरपालिकाको गरिमा अगाडि नबढ्ने भन्दै सडक डिभिजन कार्यालयले देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानूनी राज्यको उपहास र बलमिच्याइँ भएको ठहर गरेको छ ।

बिज्ञापन

“काठमाण्डौँ जिल्ला भित्रका सडक निर्माण तथा मर्मत संभारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानिय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग छ ।शुक्रबार काठमाण्डौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख विच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो। साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमती दिइएको समेत जानकारी गराईन्छ ।,’ सडक डिभिजनले विज्ञप्तिमार्फत् भनेको छ ।

बिज्ञापन

डिभिजन कार्यालयका प्रमुख नारायणदत्त भण्डारी र महानगरपालिकाका मेयर बालेन्द्र साहबीच काठमाडौंका सडक सुधारका विषयमा छलफल भइ नियमबमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाइ महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउनेमा सहमति भएपनि महानगरपालिकाले धुलो थुपारेको डिभिजनले आपत्ति जनाएको छ ।

मेयरले साहले चक्रपथ विस्तारमा ढिलासुस्ती भएको भन्दै शनिवार डिभिजन कार्यालयको ढोकामा एक ट्रक धुलो खसाल्दै हरेक यस्तै उपहार पठाइदिने घोषणा गरेका थिए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।