सशस्त्रको झण्डा सगरमाथाको चुचुरोमा

सशस्त्र प्रहरी बल नेपालको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरज पौडेलले सोमबार बिहान १०ः२० बजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

बिज्ञापन

सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरीबाट पहिलो पटक पौडेलले सगरमाथा आरोहण गरेका हुन् । उनी शेर्पा एक्स्ट्रिम प्रा.लि.मार्फत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । आरोहणको क्रममा पौडेलले लोबुचे हिमालको सफलतापूर्वक आरोहण गरेका थिए । उनी वैशाख १४ गते बिहान ८ बजेर २० मिनेटमा ६११९ मिटर अग्लो हिमालको चुचुरोमा पुगेका हुन् ।

बिज्ञापन

पौडेल सशस्त्र प्रहरी बलको सि.सं. ९ औ ब्याचका निरीक्षक हुन् । उनको आरोहण दलमा नेपाली र विदेशी गरी जम्मा १० जना छन् । २०६७ सालमा खुला प्रतिष्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षकमा प्रवेश गरेका पौडेल स्याङ्जाका स्थायीवासी हुन् । उनी सशस्त्र प्रहरी सेवामा प्रवेश गर्नुअघिबाटै पदयात्रामा रुचि राख्थे ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष