निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने भएको छ । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवामा थारु समुदायलाई छुट्टै आक्षरणको व्यवस्था हुने जबाफ दिएका हुन ।
बिज्ञापन
प्रतिनिधिसभाको आज बसेको बैठकमा सबाल जबाफको क्रममा सासंद कल्पना थारुले निजामती सेवामा थारु समुदायलाई आरक्षणको सबालमा जिज्ञासा राखेकी थिइन । चौधरीले थारु समुदायलाई निजमती सेवामा छुट्टै व्यवस्था नगरेर राज्यले उपेक्षा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जिज्ञासा राखेकी थिइन । जबाफमा प्रधानमन्त्री प्रचण्डले थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने बताएका हुन ।
बिज्ञापन
‘थारु समुदायलाई छुट्टै आरक्षणको व्यवस्थासहितको राष्ट्रिय शिक्षा विधेयक प्रतिनिधिसभामा पेश गरिसकिएको छ । ‘मौलिक हकको भावना तथा मर्म सर्वोच्च अदालतको परमादेशको कार्यान्वयन हुनेगरी थारु समुदायलाई निजामती सेवामा छुट्टै आरक्षणको व्यवस्थासहितको संघीय निजामती सेवा विधेयक संसदमा छिटै प्रस्तुत गरिने जानकारी गराउँछु’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।