सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर

काठमाडौँ । विशेष अदालत काठमाडौँले लागुऔषध मुद्दामा दोषी ठहर भएका एक अभियुक्तलाई सम्पत्ति शुद्धीकरणमा मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतले मनिष भन्ने दुर्गासिंह तामाङलाई सोमबार दोषी ठहर गरेको हो । उनी यसअघि लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट कसुरदार ठहर भई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना भएको थियो । उक्त मुद्दा उच्च अदालत पाटनले सदर गरेको थियो ।

बिज्ञापन

विशेषले उनलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पनि दोषी ठहर गर्दै २७ लाख १७ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ६ वर्ष कैद हुने फैसला सुनाएको हो । उनीसँग २३ लाख ५० हजार नगद समेत बरामद भएको भन्दै विशेषले उक्त रकम पनि जफत हुने ठहर गरेको छ।

बिज्ञापन

जसपछि लागुऔषध नियन्त्रण ब्युरोले विभागलाई पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो। विभागले अनुसन्धानका क्रममा गैरकानुनी क्रियाकलापबाट सम्पत्ति आर्जन गरेको दाबीसहित गत २ वैशाखमा मुद्दा चलाएको थियो।

अनुसन्धानका क्रममा तामाङका विभिन्न बैंक खाता, नगदसमेतकाे सम्पत्तिबराबर बिगो कायम भएको थियो। तामाङमाथि ४० लाख सात हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएकोमा ठहर हुने फैसला भएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष