विवादमा तानिएका राष्ट्रपतिका सल्लाहकारद्धारा राजीनामा

पूर्व गभर्नर तथा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालको सल्लाहकारको जागिर चुच्चे नक्सा प्रकरणले खाएको छ ।

बिज्ञापन

मन्त्रिपरिषद्को बैठकले १०० रुपैयाँ दरका नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गरेको थियो । ७ जेठ २०७७ मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी भइसकेको थियो भने एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा समावेश गर्ने सरकारको निर्णयको विरोधमा बोले । उनले सरकारको निर्णय असान्दर्भिक र अविवेकी भनेर आलोचना गरेपछि उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

बिज्ञापन

यही अभिव्यक्तिका कारण उनी विवादमा मात्र परेनन् । बौद्धिक बर्गबाटै राजीनामा नै मागियो । गत बिहीबार नागरिक अगुवाहरुले संयुक्त वक्तव्य निकालेर सल्लाहकार नेपाललाई पदमुक्त गर्न माग गरेका थिए । त्यस्तै, शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकारजस्तो पदमा रहेको मान्छेले राष्ट्रियताविरुद्धको धारणा राखेको भन्दै आलोचना गरेका थिए ।चौतर्फ आलोचनामा परेपछि उनले पद छोडेका हुन् । राष्ट्रपति कार्यालयलले आज विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, उनको विज्ञप्तिमा उल्लेख थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पिआइएस पोर्टल सञ्चालनको अधिकार अब कर्णालीलाई,पाँच हजार बढी कर्मचारी प्रत्यक्ष लाभन्वित

नापिका २१ हाकिमहरू फेरिए

१४ ठेकेदारलाई सात दिने पूर्जी

‘यो बालेन इफेक्ट हो’: पूर्वसचिव उपाध्यायको विश्लेषण

प्रहरीको परीक्षामा खेताला उमेद्धारको विगबिगी : बर्ष दिनमै ३६ परीक्षार्थी कारवाहीमा

पूर्व गृहमन्त्रीका नातेदारलाई छानी छानी नियुक्ति

अवैद्य गर्भपतन गराउँदै आएको क्लिनिकलाई प्रहरी र प्रशासनको उन्मुक्ति,स्थानीय आक्रोशित

स्वास्थ्य मन्त्रालयमा सेटिङ साम्राज्य भत्कियो: रायमाझी हटाइए, इमानदार पण्डित जोखिमपूर्ण कुर्सीमा

बिशेष