विवादमा तानिएका राष्ट्रपतिका सल्लाहकारद्धारा राजीनामा

पूर्व गभर्नर तथा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालको सल्लाहकारको जागिर चुच्चे नक्सा प्रकरणले खाएको छ ।

बिज्ञापन

मन्त्रिपरिषद्को बैठकले १०० रुपैयाँ दरका नोटमा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) छाप्ने निर्णय गरेको थियो । ७ जेठ २०७७ मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटेर नेपालको नयाँ नक्सा जारी भइसकेको थियो भने एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा समावेश गर्ने सरकारको निर्णयको विरोधमा बोले । उनले सरकारको निर्णय असान्दर्भिक र अविवेकी भनेर आलोचना गरेपछि उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो ।

बिज्ञापन

यही अभिव्यक्तिका कारण उनी विवादमा मात्र परेनन् । बौद्धिक बर्गबाटै राजीनामा नै मागियो । गत बिहीबार नागरिक अगुवाहरुले संयुक्त वक्तव्य निकालेर सल्लाहकार नेपाललाई पदमुक्त गर्न माग गरेका थिए । त्यस्तै, शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकारजस्तो पदमा रहेको मान्छेले राष्ट्रियताविरुद्धको धारणा राखेको भन्दै आलोचना गरेका थिए ।चौतर्फ आलोचनामा परेपछि उनले पद छोडेका हुन् । राष्ट्रपति कार्यालयलले आज विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले राजीनामा स्वीकृत गरेको जानकारी दिएको छ ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू समक्ष आर्थिक विज्ञ डा चिरञ्जिवी नेपालले दिनुभएको राजीनामा सम्माननीय राष्ट्रपतिज्यूले सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ। साथै, सम्माननीय राष्ट्रपतिज्यूले डा. नेपालले आफ्नो पदमा रही पुर्‍याउनु भएको सेवाका लागि धन्यवाद समेत दिनुभएको छ’, उनको विज्ञप्तिमा उल्लेख थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष