क्या गजब छ !

तिमी ठूलो छौ,
तिम्रोभेष ठूलो छ,
त्यस्तै परिवेश छ।
देशभित्रका
फाँटमा हेर,
टारमा हेर!
जताततै
तिमीले बनाएको कुलो छ।
त्यस्तै,
सदुपयोगै सन्दर्भमा
यहाँ फेरि हर घाँस
औषधिमूलो भएको छ!
को गएको छ र विदेश ?
केही गएका भए पनि ठिकै छ,
प्रतिस्पर्धा घटेको छ,
ऎस आराम बढेको छ
राजनैतिक ठूलो पदमा पुग्ने
एकाधले बाहेक
कसले थोरै पढेको छ?
त्यसैले त यहाँ,
जननिर्यात बढेको छ।
सुदृढ व्यापर छ !
निर्यात आयतको
क्या राम्रो अनुपात छ!
क्या राम्रो हात र बात छ!
क्या राम्रो साथ र नाक छ!
क्या राम्रो कान, मन,
मस्तिष्क र आँखा छन् !
राम्रो शरीर छ,
शरीर ठूलो छ।
किनकि,
यस शरीरको
पाउदेखि शिरसम्म
जताततै फूलो छ।
यसकै बढुवा गर्ने
औसधिमूलो छ।
कति राम्रो!
आहा!
हर चिज ठूलो छ!
जताततै देशमा कुलो छ।
तिम्रो देशमा
आहा!
क्या गजब छ!
क्या गजब छ!!

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रममन्त्रीको सचिवालयमा कार्यरत मुस्तकिम मियाँ अपहरण मुद्दामा पक्राउ

निजामती कर्मचारीलाई कुलिङ पिरियड, दलमा आवद्ध भए सेवाबाट बर्खास्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षको जिम्मेवारी वनमन्त्री चौधरीलाई

कर्मचारी ट्रेड युनियन खारेजीमा अदालतको रोक,न्यायाधीशबिच बाझियो राय

सरकारी ठेक्का ह्याकिङ प्रकरण : शहरीका सुब्बा मुख्य योजनाकार,ठेकेदारको मुद्धा बनाइयो कमजोर

निजामतीमा राजीनामाको लहर : महिना दिनमै शाखा अधिकृतदेखि सहसचिव तहका १० ले छाडे जागिर

१ लाख ४० हजार घुससहित कार्यालय प्रमुख अख्तियारको फन्दामा

बिद्यार्थी संगठनमाथि प्रतिवन्धमा लाग्यो रोक,ट्रेड युनियन खारेजीको आदेश आउँदै

बिशेष