यी जर्नेलहरुको समय र तरिका दैवले पनि बुझेनन् !

नेपाली सेनाको भद्रकालीस्थित जंगी अड्डामा प्रधानसेनापतिको अलावा अरु ३० जना जति जर्नेलहरुले विभिन्न अफिसहरुको प्रमुख भएर कार्य गरि रहेका छन् । तर, जंगी अड्डामा रहेका प्राय जर्नेलहरुको काम गराईको समय र तरिका हेर्दा लाग्छ उनीहरु के के मा अलमली रहेको जस्तो महसुस हुन्छ ।

बिज्ञापन

कोही जर्नेलहरू दिउँसो भरी बाहिर हराउछन् साँझ ४–५ बजे अफिस छिर्ने समेत गरेको पाईयो । चिफसा’व र चिफ सा’वको विशेष टिम र अपरेशन अफिस बाहेक अन्य अफिसले १०–५ मजाले काम गर्ने हो भने रातिको ८ कहिले पनि बजाउनु पर्दैन ।

बिज्ञापन

खासमा नेपाली जंगी अड्डाको कार्यालय समय १०–५ बजे नै हो । तर, २४ सै घण्टा चल्ने अपरेशन अफिस बाहेक अन्य अफिसको समय १०–५ भएकोले जंगी अड्डाले सेनालाई कार्यालय आवतजावत गर्न सटल बसको पनि व्यवस्था गरेको छ ।

जसको संचालन गर्ने समय निश्चित तोकिएको छ । त्यस बसमा आफ्नो निजी सवारी साधन नहुने तथा भएता पनि महिनाभरी तेल हाल्न नसक्ने तथा उपत्यकाभित्रै भए पनि अलि टाढा घर भएका अधिकृत तथा अन्य दर्जाहरु आवत जावत गर्ने गर्छन् भने जर्सा’ब र ठुलो कर्सा’वलाई सहुलियतको गाडी दिईएको छ ।

बिज्ञापन

सहुलियतको गाडी प्राप्त गर्ने प्राय हाकिमले कार्यालय समय बाहेक एक आधा घण्टा कार्यालयमा थप बस्दा कुने आपत्ति भएन । तर, विगत लामो समय देखि विभिन्न विभागका जर्नेलहरुले चिफ सा’वलाई काम देखाउने बाहनामा आँखामा छारो हाल्ने गरेको तथ्य स्पष्ट छ ।

१० बजे कार्यालयमा आउने जर्सा’वहरु ५ बजेसम्मको समयमा कहिलेकाँही आई पर्ने १–२ घण्टाको मिटिङ्ग, ब्रिफिङ्ग, बैठक संचालन, कहिलेकाँहीको सैनिक कार्यक्रम र चिफसा’बको जाहेरी बाहेक दिउसभरी फुर्सदमै रहने गरेको देखिन्छ ।

वहाँहरुले ५ बजे भन्दा अगाडिको फुर्सदमा आफ्नो जुनियर अधिकृतहरुबाट फायल मगाई तोक निर्देशन गर्नुपर्नेमा सबै काम ५ बजे पछि गरौं बरु ५ बजे अघि वल्लो पल्लो अफिसमा गई चिया गफ तथा मनमिल्ने जोडा साथी भाइसंग भावी प्रमोशन तथा फाईदाजनक योजना, छोरा छोरी विदेश पठाउने, कुन कलेज पढाउने, कहाँ जग्गा किन्ने वा वेच्ने र अझ कतिपयले बाहिरी कारोबारको हरहिसाव गरी दिन विताउने गर्दछन् ।

कोही जर्नेलहरू दिउँसो भरी बाहिर हराउछन् साँझ ४–५ बजे अफिस छिर्ने समेत गरेको पाईयो । चिफसा’व र चिफ सा’वको विशेष टिम र अपरेशन अफिस बाहेक अन्य अफिसले १०–५ मजाले काम गर्ने हो भने रातिको ८ कहिले पनि बजाउनु पर्दैन ।

दिउँसभरी कार्यालयमा रहेका अन्य जुनियर अधिकृत तथा कर्मचारीहरु हाकिम कुन बेला कार्यालय छिर्लान् र काम सकेर घर जाउँला भनि कुर्दाकुर्दा सँधै रात परेको अवस्था छ । राति ६–७ बजेसम्म चिफसा’वलाई कम्प्युटरबाट जाहेरी पठाउँदा चिफसा’बबाट राम्रो नम्बर प्राप्त हुने र चिफसा’बले यो जर्सा’व त ढिलासम्म बसेर दुःख गरिरहेको छ भन्ने भान पार्ने प्रवृत्तिले हामी जुनियर अधिकृतहरु साहै्र मर्कामा परेका छौं ।

बल्ल बल्ल जागिरको अलावा पारिवारिक रेखदेखको लागि भनेर जागिरको अवधिमा १ पटक जंगी अड्डामा सरुवा भएको हु्न्छ । त्यस्तोमा हाम्रा हाकिमले राति ७–८ बजाउँदा नाम मात्रको पारिवारिक रेखदेख भन्ने भयो । कतिपय जर्नेल सा’वहरुलाई ५–६ बजे घर निस्कँदा सडकमा जाममा पर्नु पर्छ बरु ८ बजे हिड्म सडक खुल्ला हुन्छ भन्ने गरेको पनि सुनिन्छ ।

तर हामी जुनियर हधिकृतलाई समयमा घर पुग्न पाए छोरा छोरीको पढाईमा केही सघाउन पाईन्थ्यो र लामो समय पछि परिवारसंग बसेर दैनिक कृयाकलापमा रमाउन पाईन्थ्यो भन्ने रहर हुँदा हुँदै कार्याललयको छुट्टी बेलुका ८ बजे अनि विहान ९ बजे हाजिर हुनु पर्दा राति घरमा सुत्न मात्र र विहान उठेर अफिसको तयारी गर्नलाई मात्र भयो ।

जंगी अड्डाकै कुनै कुनै कार्यालय ५ बजे छुट्टी हुन्छ त्यही कार्यालयमा रहेको मेरो साथी ६ बजे घर पुगी सकेर छोरा छोरीको होमवर्क सघाई सकेको हुन्छ हामी केही चाहिं ९ बजे घर पुग्दा छोरा छोरीको सुत्ने समय हुन्छ अनि कसरी चल्छ हजुर फौजीको जीवन ?

चिफसा’ब जंगीअड्डाका सबै कार्यालयहरुलाई १०–५ मजाले काम गराउनुस् र समयमै छुट्टी हुने व्यवस्था मिलाउनुस् हजुर होइन भने जंगी अड्डामा काम गर्ने सबैलाई अन्य गण गुल्म बाहिनीहरुको जस्तो व्यारेकमै बस्ने व्यवस्था गरि दिनुस् । त्यसो भएमा परिवारलाई पनि चित्त बुझाउने ठाउँ हुन्छ । –जंगी अड्डाका पीडित, जुनियर अधिकृतहरु, नेपाली सेना   (साँघु साप्ताहिक)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष