भाउजूहरुका फाइल भटाभट

अब लगभग एकै समयमा ‘भाउजू’ का फाइल खुल्दै छन्, प्रहरीदेखि राजश्व अनुसन्धानसम्मका हाकिम तल–माथि हुँदै छन् ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई कलकत्ताको निम्ति महावाणिज्यदूत बनाएर पठाउने र त्यहाँ चक्र बूढालाई लैजाने तयारी छ । यसनिम्ति चक्र पर्यटन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा हाजिर भइसकेका छन् । उनी पहिला विभिन्न जिल्लामा सिडिओ बसिसकेका व्यक्ति हुन्, अर्थको बजेट महाशाखामा पनि थिए ।

बिज्ञापन

त्यस्तै, नक्कली भुटानी प्रकरणमा राजनीतिक दबाबका कारण अनुसन्धानबाट मुक्त गरिएका कांग्रेससम्बद्ध दुई ‘भाउजू’ को अनुसन्धान अगाडि बढाइँदैछ । सिआइबीका एआइजी श्यामलाल ज्ञवालीले गृहमन्त्री रवि लामिछानेसँग छिट्टै पक्रिने बाचा गरेका ‘ठूला माछा’ पनि तिनै भएको प्रहरीस्रोतले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुमाथि अनुसन्धान गर्न थालिएको हो ।

यससँगै, प्रहरीका केही एआइजीहरुको जिम्मेवारी सम्भवतः यसै साता हेरफेर हुने भएको छ । अहिले उपत्यका प्रहरी प्रमुखका रुपमा कार्यरत एआइजी दीपक थापालाई हेडक्वार्टरस्थित मानवस्रोत विभागमा लगिने भएको छ भने त्यहाँ कार्यरत टेकप्रसाद राईलाई उपत्यकामा परस्पर सरुवा गरिने तयारी छ । खालि रहेको प्रशासन विभागमा भर्खरैका एआइजी भीम ढकालको चाहना छ । बढुवा भएर पनि उनले फुली लगाउन पाएका छैनन् । जागिर पनि थोरै समय बाँकी छ ।

बिज्ञापन

त्यस्तै, कसैलाई कामु नदिई देशबाहिर हिँडेका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा अझै चीनतिरै घुमिरहेका छन् । चार दिनका निम्ति हिँडेका उनी आठ दिन भइसक्दा पनि फर्किएका छैनन् । पहिल्यैदेखि आफू जहाँ गए पनि कामु नदिने उनको बानी नै हो । अहिले पनि कसैलाई कामु तोकेका छैनन् । उनी जहाँ गयो, त्यहीँ कार्यालय बनाएर बस्ने गरेका छन् । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

बिशेष