जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका समयमा जसपा नेपाल विभाजन भएको हो । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।
बिज्ञापन
पूर्व शिक्षामन्त्री अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सांसदहरू निर्वाचन आयोग पुगेका,७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
सो पार्टीका १२ मध्ये सात सांसद पार्टी विभाजनका लागि अहिले निर्वाचन आयोगमा पुगेका हुन । अशोक राईको नेतृत्वमा पूर्व वनमन्त्री बीरेन्द्र महतोका अलावा प्रदीप यादव, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर छन् ।
राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था छ । सोही प्रावधानमा टेकेर जसपा फुट्न लागेको हो । पार्टीको नाम जसपा र चुनाव चिह्न मुठ्ठी राख्ने गरी उनीहरूले निवेदन दिएका छन् ।
बिज्ञापन



































