उपेन्द्र यादव अमेरिका पुगेको बेला ७ सांसदले फुटाए जसपा

जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ । उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका समयमा जसपा नेपाल विभाजन भएको हो । जनता समाजवादी पार्टी नेपाल विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।

बिज्ञापन

पूर्व शिक्षामन्त्री अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि सांसदहरू निर्वाचन आयोग पुगेका,७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

बिज्ञापन

सो पार्टीका १२ मध्ये सात सांसद पार्टी विभाजनका लागि अहिले निर्वाचन आयोगमा पुगेका हुन । अशोक राईको नेतृत्वमा पूर्व वनमन्त्री बीरेन्द्र महतोका अलावा प्रदीप यादव, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर छन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने व्यवस्था छ । सोही प्रावधानमा टेकेर जसपा फुट्न लागेको हो । पार्टीको नाम जसपा र चुनाव चिह्न मुठ्ठी राख्ने गरी उनीहरूले निवेदन दिएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष