सडक निर्माणमा भ्रष्टाचार:- नौ जना अख्तियारको फन्दामा

काठमाडौं । उपभोक्ता समितिमार्फत सडक निर्माण भएको भनिएको कालीकोटको महावै गाउँपालिकास्थित सिमखेत–ओदा खण्डमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिति पदाधिकारीसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरीमा अनुसन्धान गर्दा काम भएको भन्दा बढी भुक्तानी गरेको भन्दै आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

बिज्ञापन

महावै गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत गराएको थियो । आयोगका अनुसार उक्त योजनाको सम्पन्न प्रतिवेदनमा सडकको लम्बाइ ८२० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख छ । तर, फिल्डमा सडकको वास्तविक लम्बाइ ५२० मिटर, चौडाइ औसत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको छ ।

 

यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको ३८ लाख ७६ हजार २ सय ७० रुपैयाँ बढी भुक्तानी गैरकानुनी लाभ लिएर गाउँपालिकालाई हानि पु¥याई भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा छ । उक्त कार्यमा संलग्न महावै गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव–इञ्जिनियर हरिप्रसाद पाण्डेय, तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, महावै–२ की तत्कालीन वडाध्यक्ष गौकला सिंह, गाउँपालिकाका लेखापाल मलिम रावतविरुद्ध मुद्दा दायर भएको हो । मुद्दामा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव दधि कामीलाई पनि प्रतिवादी बनाइएको छ ।

 

प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कारबाही र ३८ लाख ७६ हजार २ सय ७० रुपैयाँ बिगो जरिवाना असुलीको मागदाबी आयोगलेगरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

बिशेष