सडक निर्माणमा भ्रष्टाचार:- नौ जना अख्तियारको फन्दामा

काठमाडौं । उपभोक्ता समितिमार्फत सडक निर्माण भएको भनिएको कालीकोटको महावै गाउँपालिकास्थित सिमखेत–ओदा खण्डमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समिति पदाधिकारीसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

अन्दाजी २५ मिटर मात्र डोजरले खनी मान्छेले काम गरेको बिल बनाउन लगाएको एवं वास्तविक कामभन्दा बढी परिमाणको काम भएको देखाई बढी रकम भुक्तानी लिएको भन्ने उजुरीमा अनुसन्धान गर्दा काम भएको भन्दा बढी भुक्तानी गरेको भन्दै आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

बिज्ञापन

महावै गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६मा सिमखेतदेखि पादमघाटसम्म सडक निर्माण उपभोक्ता समितिमार्फत गराएको थियो । आयोगका अनुसार उक्त योजनाको सम्पन्न प्रतिवेदनमा सडकको लम्बाइ ८२० मिटर, चौडाइ ४ मिटर र कडा चट्टान काटिएको परिमाण २०४५ घनमिटर उल्लेख छ । तर, फिल्डमा सडकको वास्तविक लम्बाइ ५२० मिटर, चौडाइ औसत ३.७ मिटर र कडा चट्टान काटिएको परिमाण १६९.८० घनमिटर मात्र देखिएको छ ।

 

यसरी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी नभएको कामको ३८ लाख ७६ हजार २ सय ७० रुपैयाँ बढी भुक्तानी गैरकानुनी लाभ लिएर गाउँपालिकालाई हानि पु¥याई भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा छ । उक्त कार्यमा संलग्न महावै गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, तत्कालीन इन्जिनियर रुद्रबहादुर वली, सव–इञ्जिनियर हरिप्रसाद पाण्डेय, तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, महावै–२ की तत्कालीन वडाध्यक्ष गौकला सिंह, गाउँपालिकाका लेखापाल मलिम रावतविरुद्ध मुद्दा दायर भएको हो । मुद्दामा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जर्मकला काफ्ले र सचिव दधि कामीलाई पनि प्रतिवादी बनाइएको छ ।

 

प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ अनुसारको कारबाही र ३८ लाख ७६ हजार २ सय ७० रुपैयाँ बिगो जरिवाना असुलीको मागदाबी आयोगलेगरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भन्सारका महानिर्देशक मन्त्रालय तानिए,निमित्तको जिम्मेवारी पाण्डेलाई

कार्यसम्पादनमा खरो उत्रन नसकेका मन्त्रीहरु रेडजोनमा

राहदानी विभागको महानिर्देशकमा विक

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

उल्टाइदैं गौरीबहादुर कार्की आयोगको सिफारिस

सरकारी कार्यालयलाई चाहिने सफ्टवेयर आफैँ बनाउने तयारी,खुल्दैछ छुट्टै कार्यालय

सचिवको सचिवालय घटाइने,सहसचिवको कटौती हुने,सल्लाहकार र स्वकीय भने बढाइदैं

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

बिशेष