स्वास्थ्यका १६ कर्मचारीको जिम्मेवारी हेरफेर,ट्रमा सेन्टरको मेसुमा डा. प्रमोदकुमार यादव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट,एघारौं तहका १६ जना कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाएको छ । यस्तै एक जना दशौं तहको कर्मचारीलाई जिम्मेवारी तोकिएको छ ।

बिज्ञापन

राष्ट्रिय ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मेसु डा बद्री रिजाललाई हटाएर उक्त ठाँउमा डा प्रमोदकुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी दिइएको हो ।

बिज्ञापन

डा यादव दशौं तहका हुन् । यसअघिका एघारौं तहका मेसु डा बद्री रिजाललाई भने ट्रमा सेन्टरमा साविक बमोजिमको पदमा रहेर कामकाज गर्ने गरी जिम्मेवारी तोकिएको छ । चिकिस्ता विज्ञान राष्ट्रिय ट्रमा सेन्टरमा दरबन्दी रहेर उक्त अस्पतालको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट रहेका प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन डा.बद्री रिजाललाई ट्रमा सेन्टरमै साविकबमोजिमको पदमा रहेर कामकाज गर्ने जिम्मेवारी दिएको छ ।

यही साता मन्त्री यादवले आयुर्वेद अस्पताल नरदेवीमा पनि दशौँ तहका रामदेव यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा जैनेन्द्र चौधरी र प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन डा. निलमकुमार खड्काको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. ओमप्रसाद अर्याल र प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक गाइनोकोलोजिष्ट डा विनोद सिंह र प्रमुख अस्पताल नर्सिङ प्रशासक मञ्जु यादवको कोशी अस्पताल विराटनगरमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. विश्वनाथ शर्माको भेरी अस्पताल नेपालगञ्ज बाँके, प्रमुख कन्सल्टेन्ट ईएनटी सर्जन डा.दीपेन्द्र गौतमको नारायणी अस्पताल वीरगञ्ज पर्सा, प्रमुख कन्सल्टेन्ट ईएनटी सर्जन डा शैलेन्द्र विकलाई भरतपुर अस्पताल चितवनमा सरुवा गरिएको छ ।

बिज्ञापन

डा सुरेश थापा र डा.विनोद सिंहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, सरिता कार्कीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पताल पोखरा र कोशी अस्पताल विराटनगरका प्रमुख ल्याब टेक्निसियन डा।श्रवणकुमार मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा काजमा खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

आपत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई एक- एक करोड पठाइँदै

रसुवा भन्सारका दुई दर्जन कर्मचारी सम्पर्कविहीन

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

टिमुरे बजार तहस नहस,उद्धारको पर्खाइमा २ सय स्थानीय

विपद् प्रभावित क्षेत्रमा उद्धारका लागि प्रहरीको ठूलो संख्यामा टोली परिचालन

पुण्य कर्ममा ब्रह्माकुमारी : आठ हजार छ सय ९४ पिन्ट रगत संकलन

रसुवामा भीषण बाढी : कहाँ- कहाँ भयो क्षती ?

बिशेष