६२० किमि रेन्ज दिने प्रीमियम ईभी सार्वजनिक

जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको विश्व प्रख्यात ब्रान्ड स्माईल प्रीमियम लक्जरी ईभी नेपालमा सार्वजनिक गरेको छ ।

बिज्ञापन

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल इभी बिहीबार एक भव्य समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुमको उद्घाटन साथै २ बान गाडी ग्राहक माझ डेलिभरी गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा नेपाल स्थित चिनिया दूताबासका ईकोनोमिक यन्त्र कमर्शियल कन्सुलर, चिनियाँ प्रतिनिधि भीमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको समुद्घाटन गरिएको हो ।गाडी सार्वजनिक गर्दै आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए ।

बिज्ञापन

नाडा अटोशोबाट औपचारिक बुकिङ्ग एबम ब्रान्डको बिक्री सुरुवात गरेको जि मोटर्सले छोटो समयमा स्काईवेलको प्रेमियम एबम नेपाल मै सबैभन्दा धेरै रेन्ज दिने ६२० किमीको दुरी एक सिंगल चार्जमा तय गर्ने र ८६ किलोवाट आवरको व्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने जनाएको छ ।
स्काइवेतका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको छ । स्काईवेल ईटि५ को नेपाली बजार मूल्य १ करोड ९ लाख रहेको कम्पनीले जनाएको छ ।

भदौ अन्तिममा नै नेपाल ल्याउने घोषणा भएको स्काइवेल ईटी फाइभको आधिकारीक बिक्री सुरु भएको हो ।कम्पनीले आज बिक्री सुरु गर्दा नै ९ जना ग्राहकलाई गाडी हस्तान्त्रण गरेर प्रिमियम सेग्मेन्टमा आफ्नो बलियो उपस्थिति रहने प्रमाण पेश गरेको थियो । स्काइवेल ईटी फाइभ मूल्य, ब्याट्री र मोटरको आधारमा प्रिमियम एसयूभी मान्न सकिन्छ ।आधिकारीक बिक्रीको सुरुवात र शोरुम लन्चिङ कार्यक्रम आयोजना गर्दै कम्पनीले आफ्नो बिक्री सुरु गरेको हो । कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक कैलाश गेलालले भने, ‘म आफैँले ४ हजार किलोमिटरभन्दा बढी चलाएर परिक्षण गरेको छु । परिक्षणमा पर्फमेन्स, लग्जरी, रेन्ज लगायतका विषय अब्बल पाएसँगै बिक्री सुरु गरेका हौं ।’

बिज्ञापन

स्काइवेलले यो एसयूभीमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक दिएको छ । यसमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर पाउन सकिन्छ । चिनियाँ एनक्याप टेष्टमा ५ स्टार रेटिङ पाएको ईटी-५ मा आधुनिक सुरक्षा फिचर पाउन सकिन्छ ।
सुरक्षाको हिसावले उत्कृष्ट बनेको छ । अहिले जर्मनी, रसिया लगायत ६० देशमा स्काइवेल बिक्री सुरु भएको छ । चाँडै बेलायत, अष्ट्रेलिया लगायतका देशमा बिक्री सुरु गर्दैछौं । हामीलाई विश्वास छ नेपालमा यसले निकै राम्रो बजार पाउने छ’, स्काइवेल इन्टनेशनल बिजनेशका भाइस प्रेसिडेन्ट थोमश जुले भने ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।