मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

सरकारले मोहम्मद जयन्तीको अवसरमा आगामी बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्रै सार्वजनिक बिदा दिने भएको छ।

बिज्ञापन

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै भदौ १० गते बुधबार मोहम्मद जयन्ती परेको भन्दै मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो।

बिज्ञापन

मन्त्रालयका अनुसार यसअघि २०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामै मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो। सोही व्यवस्थाअनुसार मुस्लिम आयोगले यस वर्षको मोहम्मद जयन्ती भदौ १० गते परेको जानकारी गराएपछि सरकारले बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जारी गरेको सूचनामा भदौ १० गतेको बिदा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र लागू हुने उल्लेख छ।

बिज्ञापन

यससँगै बुधबार देशभरका मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउनेछन् भने अन्य समुदायका लागि भने नियमित रूपमा सरकारी तथा सार्वजनिक कार्यालय सञ्चालन हुनेछन्।

मन्त्रालयले राजपत्रमा यसअघि नै कायम गरिएको व्यवस्थाअनुसार बिदा कार्यान्वयन गरिएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

कुन सेवामा कति दरबन्दी कटौती ?

बिशेष