भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवस्तरका ४७ जना कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले सोमबारको निर्णय अनुसार ती उपसचिवहरुको सरुवा गरेको हो । सरुवाको सूची अनुसार,२३ जना उपसचिवहरुलाई स्थानीय तह (नगरपालिकामा) प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पठाइएको छ । प्रमुख प्रशासकीय अधिकृुतको जिम्मेवारी पाउने उपसचिवहरुमा टंकराज गौतमलाई दुल्लु नगरपालिका,प्रदीप चन्द्र सुवेदीलाई पुतलीबजार,सुर्य सुव्वालाई कृष्णपुर,पिताम्बर सारुलाई कटारी नगरपालिकामा खटाइएको छ ।
यस्तै,माधव प्रसाद पोखरेललाई बेनी, विश्व विजय शर्मालाई राजदेवी नगरपालिकामा खटाइएको छ । विनोद रोक्का देवचुली नगरपालिका,प्रविन दाहाललाइ राजविराज नगरपालिका,गोविन्द भण्डारीलाई फिदिम,हरिकृष्ण बुढाथोकीलाई रामेछाप,अमृत सिग्देललाई भानु नगरपालिका,विनय सुवेलीलाई फलेवास नगरपालिकामा खटाइएको छ । दिनेश ढुंगनालाई अर्जुनधारा नगरपालिका,हंसपुरमा विशेष गौतम,नरेश कटवाललाई आठबिसकोट नगरपालिका,सुदिप सिंह सुनारलाई आठबिस नगरपालिका,खाँदबारीमा हिमलाल शर्मा,माइ नगरपालिकामा विनिता सुवेदीलाई खटाइएको छ ।
सरुवाको सूची अनुसार,कमल भट्टराईलाई दमक नगरपालिका,रामप्रसाद आचार्यलाई टोखा नगरपालिकामा खटाइएको छ ।
राजन केसीलाई बागलुङ,सरुपा पाण्डेलाइ हरिवन र जयराम गजुरेललाई बर्दिबास नगरपालिकामा पठाइएको छ । मन्त्रालयले २३ जना उपसचिवहरुलाई स्थानीय तहमा खटाउँदा स्थानीय तहबाट १८ जना उपसचिवहरु संघीय मन्त्रालय,कार्यालयमा आइपुगेका छन् ।
४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय
0%
0%
0%
0%
0%
0%

























