निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

काठमाडौं । बानेश्वरस्थित निजामती अस्पताल (सिभिल हस्पिटल)को क्यान्टिनमा पकाइएको खानामा किरा फेला परेको घटना सार्वजनिक भएको छ। अस्पतालजस्तो संवेदनशील स्थानमा सञ्चालित क्यान्टिनको खानाको गुणस्तरमाथि गम्भीर प्रश्न उठे पनि सम्बन्धित नियामक निकायले प्रभावकारी अनुगमन नगरेको कर्मचारीहरूको गुनासो छ।

बिज्ञापन

क्यान्टिनमा पटक–पटक खानाको गुणस्तर कमजोर हुने गरेको कर्मचारीहरूको भनाइ छ। पछिल्लो समय खानामा नै किरा भेटिएपछि क्यान्टिनको सरसफाइ, खाद्य पदार्थको भण्डारण र पकाउने प्रक्रियामाथि प्रश्न उठेको छ।

बिज्ञापन

क्यान्टिनको गुणस्तर खस्किँदै गएपछि अस्पतालमा कार्यरत आधाभन्दा बढी कर्मचारी खाजा खान नजिकै रहेको नापी कार्यालयको क्यान्टिनमा धाउन बाध्य भएको बताइएको छ। कर्मचारीहरूका अनुसार करिब दुई वर्षअघि पनि क्यान्टिनको खानाबाट यस्तै खराब अनुभव भोग्नुपरेको थियो। त्यसपछि पनि अवस्थामा अपेक्षित सुधार नआएपछि धेरैजसो कर्मचारी अस्पतालकै क्यान्टिनमा खाजा खान छाडेर बाहिर जान बाध्य भएका छन्।
‘अस्पतालभित्रै रहेको क्यान्टिनमा गुणस्तरीय र स्वच्छ खाना पाइने अपेक्षा हुन्छ। तर पटक–पटक समस्या दोहोरिँदा कर्मचारीहरू नै बाहिर गएर खाना खानुपर्ने अवस्था आएको छ,’ एक कर्मचारीले भने।

कर्मचारीहरूले क्यान्टिनको तत्काल अनुगमन गरी खाद्य पदार्थको गुणस्तर, सरसफाइ, भान्साको अवस्था तथा सञ्चालन मापदण्डको परीक्षण गर्न माग गरेका छन्। सम्बन्धित निकायले तत्काल ध्यान दिएर क्यान्टिनको अनुगमन तथा आवश्यक कारबाही गर्दै गुणस्तर सुधार गर्नेमा आफूहरू आशावादी रहेको उनीहरूको भनाइ छ।
तर खाद्य गुणस्तर तथा उपभोक्ता अधिकारको नियमन गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिका जस्ता निकायको प्रभावकारी उपस्थिति नदेखिएको कर्मचारीहरूको गुनासो छ। अस्पतालजस्तो सार्वजनिक स्वास्थ्य संस्थाभित्रै खाद्य स्वच्छताको गम्भीर समस्या देखिँदा पनि नियामक निकाय मौन बसेको उनीहरूको आरोप छ।

बिज्ञापन

अस्पतालमा उपचारका लागि आउने बिरामी, बिरामीका आफन्त तथा कर्मचारीले प्रयोग गर्ने क्यान्टिनको खानाको गुणस्तरमा कुनै सम्झौता हुन नहुने कर्मचारीहरूको माग छ। उनीहरूले तत्काल अनुगमन गरी दोषी देखिए कारबाही र क्यान्टिनको सेवा तथा खाद्य गुणस्तर सुधार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
खानामा किरा भेटिएको घटनाले अस्पतालको क्यान्टिन व्यवस्थापन र नियमन प्रणालीमाथि समेत प्रश्न उठाएको छ। अब सम्बन्धित निकायले घटनाको छानबिन गरी क्यान्टिन सञ्चालकलाई जिम्मेवार बनाउँछ वा विगतमा झैँ घटना सामान्य रूपमा टारिन्छ भन्ने विषय चासोको विषय बनेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

८४ नायब सुब्बाको सरुवा : २० को गृहमा इन्ट्री,२६ पुगे भूमि व्यवस्था तथा अभिलेख विभाग

डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

अब सरकारी सफ्टवेयर सरकारले नै बनाउने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

बिशेष