सञ्चार सचिवमा राजेन्द्र पौडेल

कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र पौडेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले पौडेललाई सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा रुपमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । गत ८२ मंसिरमा सचिवमा बढुवा भएका पौडेललाई पूर्ववर्ती सरकारले कोशी प्रदेशको प्रमुख सचिवको रुपमा खटाएको थियो ।

बिज्ञापन

सो समयमा तत्कालीन प्रमुख सचिव चन्द्रकला पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै उनको ठाउँमा राजेन्द्रकुमार पौडेलको पदस्थापन गरिएकोमा झण्डै ८ महिना पछि कोशीबाट पौडेललाई सञ्चारमा ल्याइएको हो ।

बिज्ञापन

यस अघि तथ्यांक कार्यालयका सचिव डा कमलप्रसाद पोखरेललाई १३ साउनको मन्त्रिपरिषद्को बैठकले सञ्चारमा ल्याएको थियो । तर दुई दिनमात्र मन्त्रालयमा हाजिर गरेर राजीनामा दिएसँगै सूचना तथा सञ्चार मन्त्रालय २५ साउनदेखि सचिवविहिन हुन पुगेको थियो । सञ्चारमा कुनै सचिवहरु जान नमानीरहेको अवस्थामा कोशीबाट राजेन्द्र पौडेललाई ल्याइएको हो । तर, प्रमुख सचिव पौडेलले भने यो बिषयमा आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।सञ्चार मन्त्रालयका अधिकारीहरुले समेत यो बिषयमा मुख खोल्न मानिरहेका छैनन् । यद्यपि प्रधानमन्त्री कार्यालय स्रोतले निर्णय भइसकेको जनाएको छ ।

पछिल्लो समय यूटिएल,एनसेलदेखि नेपाल टेलिकमको ठेक्का विवाद र लफडाका कारण सञ्चारमा कुनै सचिवहरु आउन मानिरहेको स्थिति थिएन । यस अघि यस अघि १३ साउनमा सरुवा भएकी सचिव लक्ष्मी बस्नेत यो मन्त्रालयमा ६ महिनामै सरुवा भएकी थिइन भने उनी अघिका राधिका अर्याललाई समेत छोटै समयमा सरुवा गरिएको थियो ।राधिकाको सरुवाको पछाडि स्मार्ट सेल प्रकरणको मुख्य भूमिका रहेको सञ्चारका कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती अस्पतालको क्यान्टिनको खानामै भेटियो किरा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

८४ नायब सुब्बाको सरुवा : २० को गृहमा इन्ट्री,२६ पुगे भूमि व्यवस्था तथा अभिलेख विभाग

डिभोर्सको रिपोर्ट बनाउन १० हजार घुस

अधिकृत १५ हजार घुस लिँदा लिँदै पक्राउ

दुई सचिवको सरुवा

अब सरकारी सफ्टवेयर सरकारले नै बनाउने

सञ्चार सचिवमा राजेन्द्र पौडेल

बिशेष