तीन विभागका महानिर्देशक हेरफेर,नेपाललाई निमित्त

 सरकारले विभिन्न तीन वटा विभागका महानिर्देशकहरु हेरफेर गरेको छ । जसमा दुई वटा विभागमा सहसचिव खटाइएको छ भने एक वटा विभागमा उपसचिवलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको छ । महानिर्देशकको जिम्मेवारी हेरफेर भएका विभागहरुमा जसमध्ये सञ्चार मातहतका दुईवटा र पर्यटन मन्त्रालय मातहतको एक विभाग रहेको छ ।

बिज्ञापन

सूचना तथा सञ्चार मन्त्रालयमा मातहत रहेको सूचना तथा प्रशासरण विभागको निमित्त महानिर्देशकमा अनुप नेपाललाई खटाइएको छ । नेपाल उपसचिव हुन, लामो समयदेखि मन्त्रालयको फ्रिक्वेन्सी व्यवस्थापन महाशाखामा कार्यरत रहेका नेपाललाई सूचना तथा प्रसारण विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएर खटाइएको हो । यस्तै मन्त्रालयले छविन्द्र पराजुलीलाई मुद्रण विभागको महानिर्देशक बनाएर खटाएको छ । यस अघि मुद्रण विभागको महानिर्देशक रविलाल शर्मालाई भने मन्त्रालयमा लगिएको छ ।

बिज्ञापन

उता झण्डै तीन बर्षदेखि पुरातत्त्व विभागको महानिर्देशक रहेकी सौभाग्य प्रधानांगलाई पर्यटन मन्त्रालयमा लगिएको छ । उनलाई मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने पुरातत्व विभागको महानिर्देशकको जिम्मेवारी डा सुरेश सुरस श्रेष्ठ आएका हुन्। उनी यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको संस्कृति महाशाखा प्रमुखको भूमिकामा थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

टेण्डर विनै सोल्टीलाई संसदको ठेक्का

८० बर्षे महेश्वरभक्तको नियुक्ति बदर,किशोर थापामाथि उठ्यो प्रश्न

उपसचिवसम्मका सुविधा खोसिँदा केही मन्त्रीलाई ६ वटा सवारी

सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा छाड्न आदेश

बरण्डामा हाकिमको बथान

प्रधानमन्त्री कार्यालयमा सात घण्टा थुनिएको घटनामा प्रमुख आयुक्तले दिए जबाफ

मन्त्रीको टिप्पणी : कर्मचारीतन्त्रमा डिसिजन प्यारालाइसिस देखिन्छ

भ्रष्टाचार बढ्नुमा सरकार, अदालत र महालेखा कार्यालय जिम्मेवार छन्

बिशेष