शनिवार र आइतवार,सार्वजनिक बिदाका दुई दिन उपभोक्तालाई लाइन लगाएर ग्यास बाडेको सरकार आलोचित भए पछि पूरानै ठाउँमा फर्किएको छ । नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो ग्यास बिक्रीवितरण नगर्ने भएको छ । सरकारी निकायको रोहबरमा काठमाडौंका विभिन्न स्थानमा बिक्री हुँदै आएको ग्यास सोमबारदेखि रोकिने निगमले जनाएको छ । निगमका अनुसार,सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न निगमले भनेको छ ।
बिज्ञापन
नेपाल आयल निगमले अब डिलरमार्फत नै ग्यास विक्री गर्ने भएको छ । शनिबार पाँच र आइतबार सात ठाउँबाट खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण गरेको निगमले आजबाट उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ। शनिवार र आइतबार निश्चित ठाउँ तोकेर ग्यास बेच्ने कार्य गर्दा सरकार झनै आलोचित बन्न पुगेको छ । काठमाडौंमा पनि लाइन लगाएर ग्यास बेच्दा उल्टै सरकारलाई नोक्सानी भइरहेको छ । आयल निगमका अनुसार,आइतबार सातवटा बिक्री केन्द्रबाट आज नौ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको थियो भने शनिबार ६ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ। दुइ दिनमा उपभोक्तालाइ लाइन लगाएर नागरिकताका आधारमा १४ हजार सिलिण्डर ग्यास वितवरण गरेसँगै निगमले आज भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट नियमित प्रक्रियाअनुसार बिक्रीवितरणको व्यवस्था मिलाइएको हो ।
बिज्ञापन
ग्यास डिपोहरुलाई विश्वास नगरी सिडियो कार्यालयलाई विश्वासमा निश्चित ठाउँबाट उपभोक्तालाई नागरिकताका आधारमा ग्यास वाड्ने निर्णयले सरकार झनै आलोचित हुन परेको छ । दुई दिनमै आफ्नो निर्णयबाट व्याक हट्नु परेको छ ।
निगमका अनुसार ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगममा उपलब्ध गराउनुपर्नेछ। त्यस्तै, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरलगायत विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित ग्यास उद्योगलाई उपलब्ध गराउनुपर्नेछ ।
बिज्ञापन



























