कस्ले दियो मन्त्रीलाई यस्तो आइडिया ?

शनिवार र आइतवार,सार्वजनिक बिदाका दुई दिन उपभोक्तालाई लाइन लगाएर ग्यास बाडेको सरकार आलोचित भए पछि पूरानै ठाउँमा फर्किएको छ । नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो ग्यास बिक्रीवितरण नगर्ने भएको छ । सरकारी निकायको रोहबरमा काठमाडौंका विभिन्न स्थानमा बिक्री हुँदै आएको ग्यास सोमबारदेखि रोकिने निगमले जनाएको छ । निगमका अनुसार,सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न निगमले भनेको छ ।

बिज्ञापन

नेपाल आयल निगमले अब डिलरमार्फत नै ग्यास विक्री गर्ने भएको छ । शनिबार पाँच र आइतबार सात ठाउँबाट खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण गरेको निगमले आजबाट उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ। शनिवार र आइतबार निश्चित ठाउँ तोकेर ग्यास बेच्ने कार्य गर्दा सरकार झनै आलोचित बन्न पुगेको छ । काठमाडौंमा पनि लाइन लगाएर ग्यास बेच्दा उल्टै सरकारलाई नोक्सानी भइरहेको छ । आयल निगमका अनुसार,आइतबार सातवटा बिक्री केन्द्रबाट आज नौ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको थियो भने शनिबार ६ हजार ८०२ थान सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ। दुइ दिनमा उपभोक्तालाइ लाइन लगाएर नागरिकताका आधारमा १४ हजार सिलिण्डर ग्यास वितवरण गरेसँगै  निगमले आज भदौ १ गतेदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट नियमित प्रक्रियाअनुसार बिक्रीवितरणको व्यवस्था मिलाइएको हो ।

बिज्ञापन

ग्यास डिपोहरुलाई विश्वास नगरी सिडियो कार्यालयलाई विश्वासमा निश्चित ठाउँबाट उपभोक्तालाई नागरिकताका आधारमा ग्यास वाड्ने निर्णयले सरकार झनै आलोचित हुन परेको छ । दुई दिनमै आफ्नो निर्णयबाट व्याक हट्नु परेको छ ।

निगमका अनुसार ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगममा उपलब्ध गराउनुपर्नेछ। त्यस्तै, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरलगायत विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित ग्यास उद्योगलाई उपलब्ध गराउनुपर्नेछ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कस्ले दियो मन्त्रीलाई यस्तो आइडिया ?

संसदमा पाँच वटा विद्येयक पेश हुँदै

भोलिदेखि सबै म्यानपावर अनिश्चित समयका लागि बन्द

१३ मन्त्रालयका ९ हजार ६ सय ७ पद दर्ता,चार मन्त्रालयको अझैं अलमल

आयोगलाई अवकाश प्राप्त कर्मचारीहरुको ‘क्लब’ बनाउने तयारी,उमेर हद राखियो ७० बर्ष

तस्करीको हब बन्दै मुस्ताङ भन्सार,कर्मचारीलाई सधै उन्मुक्ति

काठमाडौँका यी स्थानबाट हुँदैछ आज ग्यास वितरण

उच्च अदालत बारमा वामपन्थी समूहको प्यानलै बिजयी

बिशेष