नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आवेदकहरु मध्येबाट सर्टलिस्टमा परेका छ जना उम्मेदवारको अन्तर्वार्ता हिजो सम्पन्न भएसँगै छिटै नयाँ कार्यकारी निर्देशक नियुक्तीको प्रक्रिया अगाडि बढेको छ ।
बिज्ञापन
सिफारिस समितिको मूल्यांकनका आधारमा छविराज पोखरेल, कौशल केसी, संजीवकुमार देव, चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र साह, सरोजकुमार शर्मा र दीपेन्द्रकुमार देव अन्तिम प्रतिस्पर्धामा रहेका थिए । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्दै अन्तर्वार्ता दिएका थिए ।
बिज्ञापन
मन्त्रालयका सचिव नारायणप्रसाद दुवाडीको अध्यक्षतामा रहेको सिफारिस समितिमा संस्थान महाशाखा हेर्ने सहसचिव रामबन्धु सुवेदी, रास्वपा नेता तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य अरनिको पाण्डेलगायत सदस्य छन्। समितिले अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको छ । जसमा पहिलो नम्बरमा प्यूठानको कौशल केसी,दोश्रो नम्बरमा आयल निगमकै कर्मचारी सिए नागेन्द्र साह र तेस्रो नम्बरमा सिफारिस भएका छन् राजविराजका सन्दिप कुमार देव । यी तीमध्येबाट एक जनाले निगमको नेतृत्व सम्हाल्नेछन्।
निगमकै नायव कार्यकारी निर्देशकबाट सेवा निवृत्त चार्टर्ड एकाउन्टेन्ट नागेन्द्र साहलाई बलिया दाबेदारका रुपमा हेरिएको छ । साहलाई निगममा दुई पटक निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका कारण अनुभवी उम्मेदवार मानिएको छ ।अब सिफारिस समितिले पठाइएका तीन जनामध्ये कसलाई मन्त्रिपरिषद्ले नियुक्त गर्छ उसैले निगमको नेतृत्व सम्हाल्ने छ ।






























