भकुण्डो बन्ने पालो सहसचिवको :- २७ को सूची सामान्यबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा

सरकारले स्थायी सरकारको मेरुदण्ड मानिने मन्त्रालय तथा सरकारी निकायका सचिवहरुलाई हावाकावा खेलाउन छाडेको छैन । आफ्नो इच्छाअनुसार मन्त्रीहरुले सचिव फेर्न थालेपछि उनीहरु फुटबल खेलमा हानिएको भकुण्डोजस्तै बनिरहेका छन् ।

बिज्ञापन

सत्ता र सरकार परिवर्तनपिच्छे भकुण्डोझैँ यताबाट उता र उताबाट यता फालिने गरिएका कर्मचारीका हाकिमहरूमाथि फेरि अर्को प्रहार थालिएको छ । गठबन्धन परिवर्तन भएको महिना दिनमै २२ सचिवहरु सरुवा गरेको सरकारले सहसचिवहरूको नाडी छामिसकिएकाले यो साताभित्र सहसचिवको सरुवा गर्ने तयारी चल्दैछ ।

बिज्ञापन

गठबन्धन फेरिएसँगै चौथो लटमा सरकारले थप पाँच जना सचिवहरुको सरुवा गरेको छ । गठबन्धन बनेको महिना दिनमै सरकारले २२ जना सचिवहरुलाई हेरफेर गरिसकेको छ । पछिल्लो लटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । यस्तै, महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको राष्ट्रिय तथ्यांक कार्यालयमा पठाइएको छ । उपराष्ट्रपति कार्यालयका सचिव मुकुन्दप्रसाद निरौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुगेका छन् ।

सचिवको सरुवा टुंगिएपछि अब फेरि सहसचिवहरु चलाउने तयारी चल्दैछ । सरकारले यो लटमा २७ जना सहसचिवहरु सरुवा गर्ने प्रक्रिया अगाडि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २७ सहसचिवको सरुवा सूची बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको जनाएको छ । सामान्य प्रशासन स्रोतका अनुसार,सामान्य प्रशासन मन्त्रालयले २७ जना सहससचिव सरुवाको प्रस्ताव पठाएको हो । ती नाममा कति थपिने वा काटिने टुंगो नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

सरुवाको सूचीमा राजस्व अनुसन्धान विभागको महानिर्देशक नवराज ढुंगना,पर्यटन विभागका महानिर्देशक चक्र बुढा,कलकत्ताको महावाणिज्यदूत ईश्वरराज पौडेल,भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाहरुको नाम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

उक्त स्रोतका अनुसार,१० महिना अगाडि महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका नवराज ढुंगानालाई हटाएर त्यहाँ सहसचिव चक्र बूढालाई लैजाने गृहकार्य चलिरहेको छ । ढुंगनालाई कोलकत्तामा महावाणिज्यदूतको रुपमा खटाउने सरकारको तयारी छ । त्यहाँ २०७७ साउन ५ गतेदेखि २० औँ महावाणिज्यदूतका रूपमा ईश्वरराज पौडेल कार्यरत छन्,उनलाई फिर्ता बोलाएर ढुंगनालाई त्यहाँ पठाउन लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन असार मसान्त अगावै अनिवार्य अवकाशमा जान लागेका १४ सहसचिव

आज ललितपुर महानगरपालिकामा स्थानीय बिदा

काँग्रेस-एमाले सरकार बनेयता १३३ नियुक्ति,ठूला पद जति काँग्रेसलाई

खेलकुद पत्रकार मञ्चमा अधिकारी

पाकिस्तानमा तालिमप्राप्त नेपाली सैनिक अधिकृतको भेला

पाकिस्तानमा रहेका कर्मचारीलाई सुरक्षित स्थानमा जान अमेरिकाको निर्देशन

National Security Council reviews India-Pakistan latest developments

कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

बिशेष