नेपाल एसबिआई बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

नेपाल एसबिआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘नेपाल एसबिआई ऋणपत्र २०९०’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् ।

बिज्ञापन

उक्त सम्झौतापत्रमा नेपाल एसबिआई बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

नेपाल धितो पत्रबोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालयलगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतीपश्चात् ऋणपत्र निष्कासन गरिने बैंकले जनाएको छ ।बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२१ एटीएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी संरचना जोगाउन असफल कमाण्डरमाथि सेनाको कारबाही, मुख्यालयमा स्पष्टीकरण माग

स्वागत नेपाललाई पक्राउ गर्ने तयारी

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

प्रधानमन्त्रीले चुनावबारे आज सात दलहरूसँग छलफल गर्दै

महानिर्देशक अधिकारीमाथि हातपात

३१ भदौंमा नयाँ पासपोर्ट बनाएका थिए खड्काले

गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा पराजुली

पूर्व मन्त्री जलेका घरमै सार्वजनिक भन्छन् ‘दिपक खड्कासँग दुई चार लाख पैसा नहुने पनि हुन्छ ?’

बिशेष