आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ मा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत १ हजार ९८५ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन्।

बिज्ञापन

राष्ट्रिय निजामती किताबखानाको अभिलेख प्रणाली (PIS) अनुसार हाल अभिलेखमा रहेका ९२ हजार ५२० कर्मचारीमध्ये ५८ वर्षे उमेर हद वा पदावधि पूरा गर्ने कर्मचारी आगामी आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने अनुमान गरिएको हो।

बिज्ञापन

किताबखानाले सार्वजनिक गरेको विवरणअनुसार अवकाश हुनेमध्ये विशिष्ट श्रेणी (सचिव) वा सो सरहका २० जना, सहसचिव वा सो सरहका ८७ जना, उपसचिव वा सो सरहका २०६ जना तथा शाखा अधिकृत वा सो सरहका ३२० जना रहेका छन्।त्यसैगरी सहायक स्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी पनि आगामी आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने अनुमान गरिएको छ।

राष्ट्रिय किताबखानाले कार्यसञ्चालन दिग्दर्शन, २०७२ अनुसार प्रत्येक वर्ष अनिवार्य अवकाश हुने कर्मचारीको अनुमानित विवरण सार्वजनिक गर्ने व्यवस्था अनुरूप आगामी आर्थिक वर्ष २०८३/८४ मा अवकाश हुने कर्मचारीहरूको विवरण आफ्नो वेबसाइट www.pis.gov.np⁠ मार्फत सार्वजनिक गरेको जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष