काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ मा संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत १ हजार ९८५ जना कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन्।
बिज्ञापन
राष्ट्रिय निजामती किताबखानाको अभिलेख प्रणाली (PIS) अनुसार हाल अभिलेखमा रहेका ९२ हजार ५२० कर्मचारीमध्ये ५८ वर्षे उमेर हद वा पदावधि पूरा गर्ने कर्मचारी आगामी आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने अनुमान गरिएको हो।
बिज्ञापन
किताबखानाले सार्वजनिक गरेको विवरणअनुसार अवकाश हुनेमध्ये विशिष्ट श्रेणी (सचिव) वा सो सरहका २० जना, सहसचिव वा सो सरहका ८७ जना, उपसचिव वा सो सरहका २०६ जना तथा शाखा अधिकृत वा सो सरहका ३२० जना रहेका छन्।त्यसैगरी सहायक स्तरका ७७३ जना र श्रेणीविहीन ५७९ जना कर्मचारी पनि आगामी आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने अनुमान गरिएको छ।
राष्ट्रिय किताबखानाले कार्यसञ्चालन दिग्दर्शन, २०७२ अनुसार प्रत्येक वर्ष अनिवार्य अवकाश हुने कर्मचारीको अनुमानित विवरण सार्वजनिक गर्ने व्यवस्था अनुरूप आगामी आर्थिक वर्ष २०८३/८४ मा अवकाश हुने कर्मचारीहरूको विवरण आफ्नो वेबसाइट www.pis.gov.np मार्फत सार्वजनिक गरेको जनाएको छ।




























