शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने, त्यस्तो पाइए कारबाही गर्ने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यमान कानुन अनुसार कर्मचारी र शिक्षकलाई राजनीतिक दलको सदस्य बस्न नमिल्ने भन्दै त्यस्तो पाइए कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

बिज्ञापन

मंगलबार मन्त्रालयमा विश्वविद्यालयहरूको बारेमा विज्ञहरूको सुझाव लिदैँ उनले बताइन् । उनले भनिन्, ‘हाम्रो कानुनमा राखिएको छ र स्पष्ट रुपमा भन्छ कि शिक्षक र कर्मचारीहरु राजनीतिक पार्टीको कुनैपनि कार्यकारीमा बस्नु हुँदैन । शिक्षा ऐनले यो कुरा भन्छ । राजनीतिक दल सम्बन्धीको ऐनले कर्मचारी र शिक्षकलाई सदस्यता नदिनु भन्छ । यो कानुनमा नभएको कुरा होईन्, यो हामीले कसरी गर्ने भन्ने कुरामा ध्यान दिन नसकेको हुनाले गा¥हो भइरहेको मात्रै हो । म शिक्षामन्त्रीको हैसियतले ऐनहरु कार्यान्वयन गर्ने काम गरिहाल्छु । त्यसमा मलाई प्रमाणसहित नाम दिनु त्यो कार्यान्वयनको पाटो म अगाडि लग्छु । यो मेरो प्रतिबद्धता हो ।’

बिज्ञापन

आफू र आफ्नो पार्टी तर्फबाट हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्दै अरुबाट भएको छ भने पनि कारबाही गर्ने बताएकी छिन् । उनले भनिन्, ‘म कसैलाई फोन गरेर यसलाई नियुक्ति गर, उसलाई नगर भन्दिन । मेरो पार्टीको कसैलाई त्यस्तो फोन आयो भने मलाई भन्नु भनेको छु । यस्तो काम मेरो पार्टीबाट र मबाट हुदैँ हुदैँन् । अरुले गरेहालेपनि मलाई भन्नु, म पदेन सहकुलपति छु । त्यसैले मापदण्ड बनाएर नियुक्ति प्रक्रिया समान गर्नको लागि प्रयोग गर्छु । यो मेरो प्रतिवद्धता भयो ।

 

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

यता अधिकृतस्तरका २० जनाको अस्थायी दरबन्दी स्वीकृत,उता ३ सय ३३ को दरबन्दी कटौती

सेनामा जुत्ता काण्ड

सहसचिव र उपसचिव तहको विज्ञापन स्थगन

स्वास्थ्य मन्त्रालय ‘सेटिङ सेन्टर’मा रुपान्तरण:-सचिवदेखि निर्देशकसम्म छानबिन गर्ने अख्तियारमा उजुरी

१० उपसचिव,१८ अधिकृत सहित ३३ कर्मचारीको सरुवा

बिशेष