गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी

आत्मदाह गरेका मुगुका गणेश नेपालीलाई सरकारले शहीद घोषणा गर्ने भएको छ । मृतका परिवारसँग सरकारले ९ बुँदे सहमति गर्दै स्वर्गीय नेपालीलाई शहीद घोषणा गर्ने सहमति भएको हो ।

बिज्ञापन

घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति गरेको छ । समितिको प्रतिवेदनका आधारमा सहिद घोषणा गर्ने सहमति भएको छ ।नेपाली परिवार र सरकारबीच भएको सहमतिको दोस्रो बुँदामा गणेशलाई शहीद घोषणाका लागि निर्णय प्रकिया अगाडि बढाउनेबारे उल्लेख छ ।

बिज्ञापन

यस्तै गणेशको परिवारजनलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको सत्यतथ्य छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउने र सो समिति गठन भएको मितिले सात दिनभित्र प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नेछ ।
यस्तै,घटना घटेको दिन उक्त घटनास्थलमा फिल्डमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई पछि छानबिन आयोगको प्रतिवेदनरसिफारिस बमोजिम हुनेगरी हाललाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट लेखि पठाउने सहमति भएको छ । काठमाडौं महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णयानुसार मृतककी श्रीमतीलाई योग्यता तथा क्षमताका आधारमा रोजगारी सुनिश्चित गरिने छ ।

साथै, मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौं महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक प्रबन्ध मिलाइने छ । काठमाडौं महानगरपालिकाको आगामी कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहतस्वरूप यथोचित रकम उपलब्ध गराइने भनिएको छ । मृतकको अन्तिम संस्कारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौंमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौं महानगरपालिकाबाट मिलाइने भएको छ ।

बिज्ञापन

यस्तै सम्झौतामा पीडित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण (पोष्टमार्टम) लगायतका कानुनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गर्ने सहमति भएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा दुई जना मुख्यसचिव,अवकाशमा गएका सचिवहरु जिम्मेवारीमै

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी

कार्यालय सहयोगीदेखि अधिकृत तहका ४९ कर्मचारी बर्खास्त

खरिपाटी होल्डिङ सेन्टरमा ६ मन्त्रीको लर्काे

बालेन सरकारको ‘गभर्नेन्स इन्जिनियर’को सरुवा- नियुक्ति र निजामती विद्येयकको ‘कनेक्सन’

रहेनन् पूर्व गृहसचिव पोखरेल

प्रधानमन्त्रीको सल्लाहकारद्धारा मुख्यसचिवको बिदाइ,दिन खोजेको सन्देश के हो ?

बिशेष