उता सरकारले लखेट्यो,यताबाट बाढीले

   खोला किनाराबाट विस्थापित भएका र सरकारले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरु झनै बिजोग भएको छ । विभिन्न खोला किनाराबाट हटाएर सरकारले कीर्तिपुर नगरपालिका–१० को सुन्दरीघाटस्थित राधास्वामी सुकुमवासी होल्डिङ सेन्टर डुबानमा परेसँगै त्यहाँ बसोबास गर्दै आएका सयौं परिवारको विचल्ली भएको छ । सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर जलमग्न हुँदा विस्थापितहरुको झनै बिजोग हुन पुगेको छ ।

बिज्ञापन

लगातारको वर्षाका कारण नदीको जलस्तर बढेसँगै शनिबार बिहानसम्म पनि होल्डिङ सेन्टर जलमग्न हुन पुगेको थियो । राति पसेको बाढीका कारण त्यहाँ रहेका बालबालिका, वृद्धवृद्धा र अन्य आश्रितहरू समस्यामा परेका छन्। सुरक्षाकर्मी रातीको २ बजे पछि मात्र पुगेका थिए ।

बिज्ञापन

होल्डिङ सेन्टरमा रहेका १५४ मध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको स्मृति भवनमा राखिएको छ । ९४ जना अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन् ।केही भने नजिकका आफन्तकहाँ आश्र लाग्न गएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

गोकर्णेश्वर नगरपालिकाले २ एम्बुलेन्स सहित १० नगर प्रहरी खटायो प्रभावित क्षेत्रमा

रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी

बाढीका फसेका सयौंको हेलिकप्टरबाट उद्धार

मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यस्ता १० निर्णय

मैलुङ भिरबाट अर्जुन न्यौपानेको आग्रह– हामी सुरक्षित छौँ, अरू ३०० जनाको उद्धार गरिदिनुहोस

बिशेष