इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

 सडक डिभिजन कार्यालय चरिकोटमा कार्यरत इन्जिनियर अर्जुन नेपालीले आफ्नो नयाँ लोकदोहोरी गीत ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक गरेका छन्। इन्जिनियरिङ पेशासँगै संगीतप्रतिको रुचिलाई निरन्तरता दिँदै उनले यो गीत दर्शक–श्रोतामाझ ल्याएका हुन्।

बिज्ञापन

गीतमा इन्जिनियर अर्जुन नेपाली र चर्चित गायिका शान्तरानी परियारको सुमधुर स्वर रहेको छ। गीतको लय खुमन अधिकारीले तयार पारेका हुन् भने शब्द पुष्पल शर्मा ‘स्पन्दन’ले सिर्जना गरेका छन्। गीतले जीवनका संघर्ष, चिन्ता र भावनात्मक अवस्थालाई लोकदोहोरी शैलीमा प्रस्तुत गरेको छ।

बिज्ञापन

म्युजिक भिडियोको कथा तथा निर्देशन निसान बानियाले गरेका छन्। छायाङ्कन महेश महराले गरेका छन् भने मेकअप गीत तामाङले गरेकी छन्। भिडियोको कोरियोग्राफी राजाराम सिम्खडाले गरेका छन् भने प्रोडक्सन कन्ट्रोलरको जिम्मेवारी भरत गोर्खालीले सम्हालेका छन्।

भिडियोमा कलाकार नेत्र पौडेल र स्मारिका ढकालको अभिनय रहेको छ। उनीहरूको अभिनयले गीतको भावलाई जीवन्त बनाएको निर्माण टोलीको विश्वास छ।

बिज्ञापन

सडक पूर्वाधार विकासको जिम्मेवारी सम्हालिरहेका इन्जिनियर अर्जुन नेपालीले व्यस्त पेशागत जीवनका बीच पनि संगीतलाई निरन्तरता दिँदै नयाँ सिर्जना सार्वजनिक गरेपछि उनको बहुआयामिक प्रतिभाको चर्चा हुन थालेको छ। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन्।

‘ज्यान सुकाउँछ चिन्ताले’ मार्फत इन्जिनियर नेपालीले इन्जिनियरिङ र कला–साहित्य एकअर्काका पूरक हुन सक्ने सन्देशसमेत दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

बिशेष