कार्यालय सहयोगीदेखि उपसचिवसम्मका १०३ कर्मचारीको सरुवा

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०३ जना कर्मचारीहरुको  सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मितिमा कार्यालय सहयोगीदेखि उपसचिव तहका कर्मचारीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुुुसार, उपसचिव तहका ३१ जना कर्मचारीहरु सरुवा भएका छन् । यस्तै अधिकृत तहका १८ जना कर्मचारीहरुको सरुवा हुँदा नायब सुब्बा तहका नेपाल विविध सेवाका १५ जना महिला कार्यकर्ताहरुसहित ४३ जना कर्मचारीहरुको सरुवा हुँदा सात जना खरिदार तहका र कार्यालय सहयोगी तीन कर्मचारीहरु सरुवामा परेका छन् । सरुवाको सूची अनुसार उपसचिव संजीव कुमार राउतलाई नापी कार्यालय,सुनसरी,गणेश प्रसाद सिग्देललाई नापी कार्यालय सप्तरीमा खटाइएको छ भने शत्रुघ्न प्रसाद यादवलाई नापी कार्यालय सुनसरीबाट नापी विभागमा सरुवा गरिएको छ ।
यस्तै मन्त्रालयले नारायण तिमिल्सिनालाई परराष्ट्र,मोहन अधिकारीलाई राष्ट्रिय सतर्कता केन्द्र,गणेश बहादुर कटवाललाई स्वास्थ्य,रेणुका चित्रकारलाई विज्ञान,प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । यस्तै,सिकिन्द्र प्रसाद साहलाई युवा तथा श्रम,प्रमोद सिंखडा,शंकर पौडेल,शिला खतिवडा,मुकुन्द चौहान,अमित आचार्यहरु विज्ञान मन्त्रालयमा सरुवा भएका छन् ।
हरिप्रसाद पन्तलाई कटहरियाबाट रेसुंगा,रामकुमार विनयलाई कलैयाबाट कटहरियामा खटाइएको छ । सन्तोष पौडेल गृहबाट अर्थमा पुग्दा घनश्याम सुवेदी अर्थबाट जिसस मुस्ताग पुगेका छन् । त्यहाँबाट किर्तन पौडेललाई गृहमा ल्याइएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष