भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १०३ जना कर्मचारीहरुको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मितिमा कार्यालय सहयोगीदेखि उपसचिव तहका कर्मचारीहरुको सरुवा गरेको हो ।
सरुवाको सूची अनुुुसार, उपसचिव तहका ३१ जना कर्मचारीहरु सरुवा भएका छन् । यस्तै अधिकृत तहका १८ जना कर्मचारीहरुको सरुवा हुँदा नायब सुब्बा तहका नेपाल विविध सेवाका १५ जना महिला कार्यकर्ताहरुसहित ४३ जना कर्मचारीहरुको सरुवा हुँदा सात जना खरिदार तहका र कार्यालय सहयोगी तीन कर्मचारीहरु सरुवामा परेका छन् । सरुवाको सूची अनुसार उपसचिव संजीव कुमार राउतलाई नापी कार्यालय,सुनसरी,गणेश प्रसाद सिग्देललाई नापी कार्यालय सप्तरीमा खटाइएको छ भने शत्रुघ्न प्रसाद यादवलाई नापी कार्यालय सुनसरीबाट नापी विभागमा सरुवा गरिएको छ ।
यस्तै मन्त्रालयले नारायण तिमिल्सिनालाई परराष्ट्र,मोहन अधिकारीलाई राष्ट्रिय सतर्कता केन्द्र,गणेश बहादुर कटवाललाई स्वास्थ्य,रेणुका चित्रकारलाई विज्ञान,प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । यस्तै,सिकिन्द्र प्रसाद साहलाई युवा तथा श्रम,प्रमोद सिंखडा,शंकर पौडेल,शिला खतिवडा,मुकुन्द चौहान,अमित आचार्यहरु विज्ञान मन्त्रालयमा सरुवा भएका छन् ।
हरिप्रसाद पन्तलाई कटहरियाबाट रेसुंगा,रामकुमार विनयलाई कलैयाबाट कटहरियामा खटाइएको छ । सन्तोष पौडेल गृहबाट अर्थमा पुग्दा घनश्याम सुवेदी अर्थबाट जिसस मुस्ताग पुगेका छन् । त्यहाँबाट किर्तन पौडेललाई गृहमा ल्याइएको छ ।
कार्यालय सहयोगीदेखि उपसचिवसम्मका १०३ कर्मचारीको सरुवा
0%
0%
0%
0%
0%
0%




























