निलम्बित न्यायधीश डिल्लीबजार कारागार चलान

निलम्बनमा परेका न्यायधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन् । वैवाहिक बलत्कारको मुद्धामा गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । न्यायधीश गिरी आफैं सम्पर्कमा आएको र उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

बिज्ञापन

गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र वैवाहिक बलात्कार गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मा जाहेरी दिएकी थिइन्। कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।

बिज्ञापन

उनको विरुद्ध वैवाहिक बलत्कारको मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो।उनी लोकसेवा आयोगबाट लिइएको परीक्षामा सफल हुँदै जिल्ला न्यायाधीश भएका थिए। न्यायाधीश भएर एक वर्षजति काम गरेपछि कान्छी श्रीमतीले वैवाहिक बलत्कारको आरोप लगाएकी थिइन्।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो। काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती सर्वोच्च पुगेकी थिइन्।

बिज्ञापन

उक्त मुद्दामा जिल्ला र उच्चले धरौटीमा रिहा गरेको थियो। तर सर्वोच्चले भने थुनामै पठाएपछि अदालतको आदेश सम्मान गर्ने भन्दै उनी अदालत पुगेका थिए।काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

हिन्दु धर्म र दशै टिका अक्षता, जमरा र आशिर्वाद

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिशेष