निलम्बित न्यायधीश डिल्लीबजार कारागार चलान

निलम्बनमा परेका न्यायधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन् । वैवाहिक बलत्कारको मुद्धामा गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । न्यायधीश गिरी आफैं सम्पर्कमा आएको र उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

बिज्ञापन

गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र वैवाहिक बलात्कार गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मा जाहेरी दिएकी थिइन्। कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा परेका थिए ।

बिज्ञापन

उनको विरुद्ध वैवाहिक बलत्कारको मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो।उनी लोकसेवा आयोगबाट लिइएको परीक्षामा सफल हुँदै जिल्ला न्यायाधीश भएका थिए। न्यायाधीश भएर एक वर्षजति काम गरेपछि कान्छी श्रीमतीले वैवाहिक बलत्कारको आरोप लगाएकी थिइन्।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो। काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती सर्वोच्च पुगेकी थिइन्।

बिज्ञापन

उक्त मुद्दामा जिल्ला र उच्चले धरौटीमा रिहा गरेको थियो। तर सर्वोच्चले भने थुनामै पठाएपछि अदालतको आदेश सम्मान गर्ने भन्दै उनी अदालत पुगेका थिए।काठमाडौँ जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष