प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्न नसक्दा महिनौंदेखि कतिपय निकायहरु सचिवविहिन अवस्थामा चलिरहेका छन् उता प्रधानमन्त्री कार्यालयमा आधा दर्जन सचिवलाई जिम्मेवारीविहिन बनाएर राखिएको छ । यही सातामात्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र प्रमिलादेवी बज्राचार्य अनिवार्य अवकाशमा गएसँगै सरकारका विभिन्न चार वटा मन्त्रालय,कार्यालयहरु सचिवविहिन अबस्थामा पुगेको छ । विगतका सरकारले अवकाशमा जान लागेका कर्मचारी खुशी भएर जाओस् भन्ने शुभेच्छा विगतका सरकारहरूले राख्ने गरेका थिए । तर वर्तमान सरकारले भने अवकाशका मुखमा रहेका कर्मचारीहरुलाई धरपकड गर्ने,जगेडामा राख्ने,सरुवा गरिदिने लगायतका गतिविधि गरेको थियो । अवकाशको १५ दिन अगाडि सरुवा भएका चटौत सार्वजनिक सेवामा ३१ वर्ष बिताएर गत सोमबारबाट मात्र घर गएका हुन । उनले ३१ वर्ष सार्वजनिक सेवामा रही ऊर्जा तथा जलस्रोत क्षेत्रका विभिन्न जिम्मेवारी सम्हालेका थिए ।

बिज्ञापन

यस्तै मंगलबारबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य ५ वर्ष अवधि लागेर घर गएकी छिन् । शाक्य इन्जिनियरिङ क्लस्टरबाट सचिव बनेकी थिइन् । सुमनराज अर्याल मुख्यसचिव हुने बेलामा मुख्यसचिवको प्रतिस्पर्धामा रहेकी बज्राचार्यले २०७८ असार १७ गते सचिवमा बढुवा भएकी बज्राचार्य असार १६ गतेबाट अनिवार्य अवकाशमा गएकी छिन् । उनले करिब दुई साता सो मन्त्रालयको जिम्मेवारी सम्हालेकी हुन । यो सातामात्र दुई सचिवहरु अनिवार्य अवकाशमा गएसँगै ४ निकाय सचिवविहीन बनेका छन् । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय र न्याय परिषद्को सचिवालयमा सचिव छैनन् ।

बिज्ञापन

यस्तै,उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका कृष्णहरि पुष्कर असार २३ मा अनिवार्य अवकाशमा जादैंछन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका लोकनाथ पौड्याल अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर पौड्याल साउन ६ गते अनिवार्य अवकाशमा जादैंछन् । यस्तै जगेडामा रहेका अर्काे सचिव हरिप्रसाद मैनाली अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५ वर्ष सचिव खाएर घर जाने सूचीमा छन्। वन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव गोविन्दप्रसाद शर्मा पनि साउनभित्रै अवकाशमा जाने सूचीमा छन्। ५ वर्ष सचिव चलाएर उनी साउन २४ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव डिल्लीराम शर्मा अवकाशमा जाने सूचीमा छन्। शर्मा ५ वर्ष सचिव खाएर भदौ २ गतेबाट अनिवार्य अवकाशमा जान लागेका हुन्। असारमा मुख्यसचिवसहित ६ सचिव, साउनमा ४ सचिव, भदौमा २ सचिव, असोजमा ४ सचिव अवकाशमा जाँदैछन् । यसरी प्रधानमन्त्री कार्यालयमा जगेडामा तानिएहरु कोही पनि दशैंसम्म रहनेछैनन् । यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ६ सचिवलाई जिम्मेवारीविहीन बनाएर विभिन्न ४ निकाय सचिवविहिन बनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सात सचिव रिक्त,चार महिनादेखि बढुवा ठप्प हुँदा मारमा बरिष्ठ सहसचिवहरु

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

बिशेष