वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी कारागार चलान

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् ।  न्यायधीश गिरी आफैं सम्पर्कमा आएको र उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

बिज्ञापन

गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र वैवाहिक बलात्कार गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मा जाहेरी दिएकी थिइन्। उनको विरुद्ध वैवाहिक बलत्कारको मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो।उनी लोकसेवा आयोगबाट लिइएको परीक्षामा सफल हुँदै जिल्ला न्यायाधीश भएका थिए। न्यायाधीश भएर एक वर्षजति काम गरेपछि कान्छी श्रीमतीले वैवाहिक बलत्कारको आरोप लगाएकी थिइन्।

बिज्ञापन

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश गरेको थियो। काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती सर्वोच्च पुगेकी थिइन्।

उक्त मुद्दामा जिल्ला र उच्चले धरौटीमा रिहा गरेको थियो। तर सर्वोच्चले भने थुनामै पठाएपछि अदालतको आदेश सम्मान गर्ने भन्दै उनी अदालत पुगेका थिए।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

शिक्षा विद्येयकको मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

बिशेष