६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

सरकारले एकै पटक ६० जना कर्मचारीलाई छात्रवृत्तिमा कोरिया पठाउने भएको छ । कोरिया सरकारद्धारा नेपालका निजामती कर्मचारीहरुलाई उपलव्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रममा सहभागी गराउने प्रक्रिया शुरु भएको छ । १७ महिनादेखि ३६ महिनासम्म वैदेशिक अध्ययन तथा तालिम छात्रवृत्तिको अवसर पाउने भएका छन् । मन्त्रालयले विभिन्न १५ वटा कार्यक्रमका लागि ६० कर्मचारीहरु मनोनयन गरेर छात्रवृत्तिमा कोरिया पठाउने भएको छ ।

बिज्ञापन

भूमि व्यवस्था मन्त्रालयले विभिन्न विधा र कार्यक्रमका लागि कर्मचारीहरु मनोनयन गर्न भनेको छ । यसरी मनोनयन भएका कर्मचारीहरुले घटीमा १७ महिनादेखि बढीमा तीन बर्षसम्म छात्रवृत्तिमा कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययन तथा तालिमको अवसर पाउनेछन् ।भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त कार्यक्रमका लागि उपयुक्त कर्मचारी मनोनयन गरेर पठाउन भनेको छ । मन्त्रालयका अनुसार मनोनित हुने कर्मचारीको नाम,थर,पद,कर्मचारी संकेत नम्बर,शुरु नियुक्ति र हालको पदमा नियुक्तिको मिति,हाल कार्यरत निकाय,सेवा समूह,अध्ययन गर्न चाहेको बिषय,अध्ययन गर्न चाहेको विश्वविद्यालय,हालको शैक्षिक योग्यता लगाएको विवरण भरी अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखामा पठाउन भनेको छ ।

बिज्ञापन

छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा, समूह र श्रेणीभित्रका समावेशी महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका आधारमा कर्मचारीलाई प्राथमिकता दिन समेत मन्त्रालयले भनेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष